२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पास्टर भद्र राईलाई अध्यक्षमा निर्वाचित गर्दै बिएनसिएको शिखर सम्मेलन सम्पन्न


७ जुलाई २०१९, काठमाडौं । अमेरिकाको ओहायो राज्यमा यहि जुलाई ४ देखि हिजो ६ तारिखसम्म सम्पन्न भएको भुट्निज नेप्लिज चर्चेज अफ अमेरिका (बिएनसिए)को आठौं शिखर सम्मेलनबाट कनान भुट्निज चर्चका पास्टर भद्र राईलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।


त्यसैगरी सो शिखर सम्मेलनबाट उपाध्यक्ष पदमा शंकर राई, सचिवमा पास्टर इन्द्र कोइराला, कोषाध्यक्षमा जुना तामाङ निर्वाचित हुनुभएको छ भने सदस्यहरूमा तिर्सा मगर, पास्टर पुष्प रसाइली, पास्टर सुरेश तामाङ र पास्टर सान राई निर्वाचित हुनु भएको जनाइएको छ ।
संयुक्त राज्य अमेरिकामा रहेका नेपाली भाषी चर्चहरूको संगठित संस्था भुट्निज नेप्लिज चर्चेज अफ अमेरिका (बिएनसिए)को शिखर सम्मेलन गत बिहिबारबाट सुरु भएर हिजो शनिबार सम्पन्न भएको हो ।


सो शिखर सम्मेलनमा मुख्य वक्ताका रुपमा पास्टर डा. मनोज श्रेष्ठ, पास्टर दिनेश राई र श्रीमती जुना तामाङ हुनुहुन्थ्यो भने सम्मेलनमा अन्य वक्ताहरूले पनि बोल्नु भएको थियो । सम्मेलनमा अमेरिकाका विभिन्न राज्यबाट बिएनसिए अन्तर्गतका नेपाली भाषी चर्चहरूबाट पास्टर तथा अगुवाहरू लगायत मण्डलीका सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।


नवनिर्वाचित अध्यक्ष पास्टर भद्र राई ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको अध्यक्ष समेत हुनुहुन्छ । उहाँको संयोजकत्वमा दुई वर्षअघि भारतमा र यसै वर्षको मार्च महिनामा नेपालको काठमाडौंमा जिएनएससिएफको अन्तराष्ट्रिय शिखर सम्मेलन पनि सम्पन्न भएको थियो ।
बिएनसिए अमेरिकामा रहेका अधिकांश नेपाली भाषी चर्चहरूको साझा संगतिको रुपमा अमेरिकी सरकारमा दर्ता भएको संगठन हो । हालै सम्पन्न भएको बिएनसिएको शिखर सम्मेलन निवर्तमान अध्यक्ष पास्टर नोर्बु तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।


बिएनसिएको अध्यक्ष पदमा निर्वाचित भएपछि पास्टर भद्र राईले आफू लगायत नयाँ पदाधिकारीहरूलाई बिएनसिएले नेपाली भाषी चर्चहरूको सेवा गर्ने अवसर प्रदान गर्नुभएको लागि धन्यवाद ज्ञापन गर्नु भएको छ । साथै उहाँले बिएनसिए अन्तर्गतका चर्चहरूका पास्टर तथा अगुवाहरू, चर्चका सदस्यहरूको साथ र सहयोगमा आफ्नो कार्यकालमा केही उल्लेख्य काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...