२०७६ बैशाख २५ गते, बाँके । नेपालगञ्जको अनुग्रह सेवा भवनको सभा हलमा बैशाख २३ र २४ गतेका दिन एन.सि.एफ. नेपालको प्रदेश स्तरीय अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सो प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एन.सि.एफ. नेपालका अध्यक्ष रेभ. हनोक तामाङले एन.सि.एफ. नेपाल अग्रज अगुवाहरूको दर्शनद्वारा ६० वर्ष अगाडि स्थापना भई मण्डली र मण्डलीको विश्वासीहरूलाई जस्तोसुकै सतावटमा पनि निरन्तर सेवा र संगति दिदै आएको बताउनु हुँदै एन.सि.एफ. नेपालले सम्बन्ध, संगति र सहकार्यमा जोड दिएको हुनाले एफिसी ४ः३ अनुसार आत्माको एकता कायम राख्दै नेपालमा भएका मण्डलीहरूलाई अभिभावकत्व प्रदान गर्न सहभागीहरूलाई निर्देशन दिनुभयो । सो कार्यक्रमको बिशेष अतिथि महासचिव पास्टर शेर ए.सी.ले एन.सि.एफ. नेपालको गरिमालाई कायम राख्दै अघि बढ्नुपर्ने बताउँदै संस्थाको संरचनाबारे सिकाउनुभएको थियो ।
त्यसैगरी संस्थाको दिगो विकास र स्थायित्वका बारेमा सहसचिव रेभ. हिमाल जोसेफ राईले ७ स र ३ नीतिकाबारे प्रशिक्षण दिनुभएको थियो भने अर्का वक्ता सचिव पास्टर बीर बहादुर तामाङले मण्डलीको आत्मिक विकासको निम्ति सँगसँगै कार्यक्रमको बारेमा प्रशिक्षण दिनुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रम ऐतिहासिक र आशिषमय भएको एन.सि.एफ. नेपालका प्रदेश नं. ५ का अध्यक्ष हेम दासले बताउनुभयो । यस प्रशिक्षण कार्यक्रमले एन.सि.एफ. नेपालको नीति तथा दर्शन बुझ्न सहायक सिद्ध भएको कुरा संस्थाको ६ नं. प्रदेशका अध्यक्ष पास्टर बीर बहादर मगरले बताउनुभयो । सो प्रशिक्षण कार्यक्रममा प्रदेश नं. ५, ६ र ७ का युवा र महिला विभागका पदाधिकारी समेत गरी ६० जनाको सहभागिता रहेको थियो ।
यस प्रकारको प्रशिक्षण ७ वटै प्रदेशका पदाधिकारीहरूलाई प्रदान गरिने एन.सि. एफ. नेपालका महासचिव पास्टर शेर एसीले सो अवसरमा बताउनुभएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४