२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाल ख्रीष्टिय समाजका महासचिव डिल्लीराम पौडेल सहित तीनै जना सामान्य तारिखमा रिहा

१७ बैशाख २०७६, काठमाडौं । दाङको घोराहीस्थित होटल डोकोबाट धर्म प्रचारको आरोपमा गत हप्ता पक्राउ परेका नेपाल ख्रीष्टिय समाजका महासचिव डिल्लीराम पौडेल सहित तीनै जनालाई सामान्य तारिखमा हिजो दाङ जिल्ला अदालतले रिहा गरेको छ ।


घोराहीको प्रेरितीय मण्डलीमा आयोजित एक अगुवा भेटघाट कार्यक्रमका वक्ता भएर पुगेका पास्टर डिल्लीराम पौडेल, भारतीय नागरिक गौरब श्रीवास्तव, कुसाङ तामाङ, अमेरीकी नागरिक लियाना सिन्क्वाण्डालाई गत १० गते डोको होटलबाट बिहान ७ बजे पक्राउ गरेको थियो । दाङ ख्रीष्टियन समुदायको पहलमा धर्म प्रचारको आरोपमा पक्राउ परी ६ दिनसम्म हिरासतमा रहेका ख्रीष्टिय समाजका महासचिव डिल्लीराम पौडेल सहित ३ जनालाई जिल्ला अदालत दाङले बयान लिएर बहस गरेपछि सामान्य तारिखमा रिहा गरेको हो ।


उहाँहरू रिहा भए लगत्तै दाङ ख्रीष्टियन समुदायले धन्यवाद तथा बधाईको एक कार्यक्रम समेत घोराहीको पुरानो प्रतापी चर्चमा गरेको थियो । सो कार्यक्रममा दाङ ख्रीष्टियन समुदायका अध्यक्ष पास्टर सन्त बहादुर घर्ती, पास्टर जीवन गुरुङ, बि.पि. खनाल, पास्टर टंक सुबेदी, पास्टर हिरालाल भाट, पास्टर ग्रृष्म पराजुली लगायतले वर्तमान समयको खाँचो एकता भएको र सबै एकतामा नै अघि बढ्नु पर्ने खाँचो औल्याउनुभएको थियो । दाङ ख्रीष्टियन समुदायका अध्यक्ष पास्टर सन्त बहादुर घर्तीले एकतामा ठूलो बल हुने भएकाले जसरी यस जिल्लामा हामी एक छौं, त्यसरी नै केन्द्रमा रहेका अग्रज अगुवाहरू सबैलाई एक हुन र आउने दिनमा आउने बिध्न बाँधाहरूलाई एक भएर नै सामाना गर्न आग्रह गर्नुभयो । उहाँले तीनै जनाको रिहाईका लागि खटिने पास्टरहरू र शुभचिन्तक, पत्रकार लगायत सबैलाई धन्यवाद दिनुभयो ।


त्यसैगरी अमेरिकी नागरिक लियाना सिन्क्वाण्डालाई पक्राउ गरेको दिनै दाङ प्रहरीले भिसा रद्ध गरी स्वदेश पठाउनु भनी चिठी लेखेर अध्यागमन विभागमा पठाएता पनि अध्यागमन विभागले ती अमेरिकी नागरिकको भिसा रद्ध नगरी छोडिदिएको सूचना समेत प्राप्त भएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...