२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आफ्ना महासचिव सहित सबैलाई विना सर्त रिहा गर्न नेपाल ख्रीष्टियन समाजको माग


२०७६ बैशाख ११ गते, काठमाडौं । हिजो बैशाख १० गतेका दिन विहान ७ बजे दाङ जिल्लाको घोराही स्थित डोको होटेलबाट पक्राउ परेका नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल सहित गौरव श्रीवास्तव, लिएन्ना सिन्क्वान्टा, कुन्साङ तामाङ र सवारी चालक प्रमोद काफ्ले गरी पाँचै जनालाई विना शर्त रिहाइ गर्न नेपाल ख्रीष्टियन समाजले नेपाल सरकारसँग माग गरेको छ । समाजद्वारा आज काठमाडौंमा आयोजित प्रार्थना सभामा प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।
साथै यस अघि नै हिजो आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरीले पनि हिजै एक बक्तव्य जारी गर्दै हिजो एनसिएसका महासचिव पास्टर डिल्लीराम पौडेल लगायतका ब्यक्तिहरूलाई विना कारण सरकारले पक्राउ गरेकोमा खेद प्रकट गर्दै यथासिघ्र विना शर्त रिहा गर्न माग गरेको छ । कुनै पनि व्यक्तिले आफ्नो आस्था अवलम्बन गर्न, अभ्यास गर्न पाउने कानुनी प्रावधान हुँदा हुँदै पनि सरकारले विना कारण उहाँहरूलाई पक्राउ गरेको भन्दै ख्रीष्टियन समुदाय सरकारको यस कार्यप्रति रुष्ट बनेको छ ।
स्मरण रहोस्, हिजो दाङको घोराहीस्थित प्रेरितीय मण्डलीमा सुरु भएको भिजन २०२० संजालको तालिममा बक्ताको रुपमा बोलाइएका नेपाल ख्रीष्टिय समाजका महासचिव डिल्लीराम पौडेल सहित चार जनालाई जिल्ला प्रहरी कार्यालय दाङले बिहान ७ बजे होटेल डोकोमा बाइबल र केही धर्म प्रचारका पुस्तकहरू र खाममा केही पैसा भेटिएको आरोपमा पक्राउ गरेको हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...