२०७६ बैशाख ८, काठमाडौं, प्रभु येशू ख्रीष्टको बौरी उठाई भएको दिन अर्थात पुनरुत्थान दिवस (इष्टर सण्डे)का अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा आयोजित पुनरुत्थान महोत्सव माननीय शहरी विकास मन्त्री महोम्मद इश्तिहाक राईको प्रमुख आथ्थियमा आज राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा भव्यताका साथ सम्पन्न भएको छ ।
धर्मनिरपक्षतालाई संस्थागत गर्न तथा धार्मिक समानता र सबै धार्मिक समुदायको समान अधिकारका निम्ति साथै २०७६ सालका लागि नेपाल सरकारको विदा पुनरावलोकन समितिमा रही विभिन्न अल्पसंख्याक धार्मिक समुदाय लगायत ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसको अवसरमा सार्वजनिक विदा सिफारिस गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोले मन्त्रीलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि.गहतराजले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । नेपालको संविधान २०७२ ले धर्मनिरपक्षतालाई अंगिकार गरिसकेको र कसैले पनि यसलाई खोस्न नसक्ने र लोकतन्त्रमा राज्यको कुनै पनि धर्म नहुने र सबै धर्मलाई राज्यले समानरुपले हर्ने गरेको प्रमुख अतिथिले आफ्नो शुभकामना मन्तब्य राख्ने क्रममा स्पष्ट पार्नु भएको थियो । नेपाल देशमा रहेका सबै ख्रीष्टियनहरुलाई पुनरुत्थान दिवसको शुभकामना व्यक्त गर्दै सबै ख्रीष्टियनहरुले आफ्नो पर्वहरुलाई हर्सोल्लासका साथै कुनै डर तथा त्रस नमानी, स्वतन्त्रताका साथ मनाउन पनि आग्रह गर्नु भयो ।
नेपाली कंग्रेसका युवा नेता श्री रामहरी खतिवडाले आफ्नो शुभकामना मन्तब्य राख्दै भन्नु भयो “नेपाली कंग्रेसको नेतृत्वमा बनेको संविधानले सबै धर्मलाई आत्मसाथ गरेको र कसैले पनि धर्मको नाममा राजनीति गर्न हुँदैन” उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पनि धर्मका नाममा राजनीति नगर्न आग्रह गर्नुभएको थियो ।
त्यसै गरी नेपाल कम्यूनिष्ट पार्टीका नेता एंवम भूतपूर्व सभासद श्री झक्कु सुवेदीले पनि आफ्नो शुभकामना मन्तब्यको क्रममा राज्यको कुनै पनि धर्म नहुने र राज्यले सबै धर्मलाई समान व्यवहार गर्नु पर्ने बनाउनु भयो थियो ।
शुभकामना मन्तब्य राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुदिप पाठक, वरिष्ठ मानवअधिकारकर्मी कपिल श्रेष्ठ तथा महासंघका यूरोपका लागि सद्भाव दूत डा. डम्बर अधिकारीले पनि राख्नु भएको थियो ।
काठमाडौं उपत्यकाका विभिन्न मण्डलीका पाष्टर, अगुावा तथा विश्वासीहरुको उल्लेख्निय उपस्थिति रहेको कार्यक्रमलाई महासंघका उपमहासचिव एंवम प्रवक्ता पा. उद्धव चिमोरियले सञ्चालन गर्नु भएको थियो । सबै सहभागिहरुलाई महासंघका सहअध्यक्ष रिता काबोले स्वगत् गर्नु भएको थियो भने वरिष्ठ सहअध्यक्ष रेभ.डा.फिलेमोन क्षेत्रीले परमेश्वरको वचनबाट येशू ख्रीष्टको पुनरुत्थानका बारेमा बोल्नु भएको थियो । प्रभु येशू ख्रीष्ट बौरी उठ्नु भएका विभिन्न प्रमाणहरुका बारेमा बाइबल धर्मशास्त्रबाट स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रमलाई सभापतित्व गर्नु भएका महासंघका अध्यक्ष सि.बि.गहतराजले नेपालमा १२ हजार भन्दै बढि चर्चहरुहेको र ३० लाख भन्दा बढि ख्रीष्टियनहरु हरेको दशेमा ख्रीष्टियनहरुको महान पर्वहरु ख्रीष्टमस तथा इष्टरका दिनमा सार्वजनिक विदाको माग गर्दै तथा नेपाल सरकारसँग भएका ३ र ६ बुँदे सहमतिहरु यथासिग्र कार्यन्वायन गर्न प्रमुख अतिथि तथा नेपाल सरकारका प्रतिनिधि माननीय मन्त्रीज्यूलाई ध्यानर्कषण गर्नु भएको थियो । साथै देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा बौरिउठ्नुभएको प्रभु येशू ख्रीष्टको शान्ति, आनन्द मिलापका साथै देश सम्बृद्ध भएको होस् भन्दै उपस्थित सबैलाई धन्यवाद दिनुभई अन्तिम प्रार्थना गरी कार्यक्रमको समापन गर्नु भएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४