ख्रीष्टियन खबर, ८ बैशाख २०७६ , काठमाण्डौँ । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाण्डौँ उपत्यका लगायत देशका पूर्वदेखि पश्चिम नेपालसम्मै विभिन्न ठाउँहरूमा रहेका ख्रीष्टियन समुदायहरूले पुनरूत्थान महोत्सव २०१९ भव्यताका साथ मनाएको खबरहरू प्राप्त भएका छन् । त्यसैगरी काठमाण्डौँ उपत्यकामा रहेका विभिन्न चर्चहरूले यस वर्ष विभिन्न पाँच ठाउँमा पुनरूत्थान (इस्टर) महोत्सवको आयोजना गरी विभिन्न मण्डलीका पास्टर, अगुवा तथा विश्वासीहरूको व्यापक सहभागितामा पुनरूत्थान (इस्टर) महोत्सव २०१९ भव्यताका साथ सम्पन्न भएका छन् ।
आजको दिन बिहान सबेरै ख्रीष्टियन समुदायहरू आ–आफ्ना चर्चमा बिहानीको प्रार्थना सेवापछि सहरका विभिन्न ठाउँमा भेला भई शान्ति प्रार्थना पदयात्रामा सहभागी हुदैँ हर्षका साथ भजन गीतहरू गाउँदै, नाच्दैँ विभिन्न ठाउँमा आयोजना गरिएको पुनरूत्थान महोत्सव २०१९ मा सहभागी भएका थिए । यस वर्ष काठमाडौं उपत्यकामा बिभिन्न पाँच ठाउँ काठमाडौंको ज्ञानेश्वरस्थित सानो गौचरन र थानकोटस्थित त्रिभुवनपार्क, ललितपुरको जावलाखेल तथा गोदावरी आसपासमा भएका मण्डलीहरू गोदावरी पार्क नजिक रहेको चौरमा र भक्तपुरको सल्लाघारीस्थित चौरमा छुट्टाछुट्टै रुपमा पुनरूत्थान (इस्टर) महोत्सवका कार्यक्रम सम्पन्न भएका खबरहरू प्राप्त भएका छन् ।
ललितपुरका मण्डलीहरू बिभिन्न ठाउँबाट ¥याली निकाल्दै जावलाखेलको चोकमा रहेको खुल्लास्थानमा सहभागीहरू भेला भएका थिए । त्यहाँको सहभागिता हेर्दा सो स्थान एकदमै साँघुरो भएको थियो भने कार्यक्रम पनि एकदमै अव्यवस्थित देखिन्थ्यो । पछाडिका सहभागीहरूले अगाडि के हुँदैछ भन्ने भेउ नै पाउन सकेका थिएनन् तसर्थ उनी आफै भजन कृतन गर्दै बसेका देखिन्थे । कार्यक्रम छिट्टो सकाउने जिल्ला प्रशासन कार्यालयको अनुरोधका कारण पुनरूत्थान महोत्सवको कार्यक्रम एकदमै छोटो थियो, बिहान ९ बज्दानबज्दै कार्यक्रम सकिसकेको थियो । त्यसैगरी गोदावरी क्षेत्रमा रहेका मण्डलीहरूले गोदावरीको चौरमा छुट्टै पुनरूत्थान महोत्सव मनाएका थिए । सानो क्षेत्रको सहभागितामा गरिएको कार्यक्रम भएतापनि त्यहाँ सहभागीहरूको उपस्थिति राम्रै देखिन्थ्यो ।
काठमाडौं जिल्लामा रहेका बिभिन्न मण्डलीहरू पनि यस वर्ष ज्ञानेश्वरस्थित सानो गौचरनमा आयोजित पुनरूत्थान महोत्सवमा सहभागी भएका थिए । सो स्थानका भएको पुनरूत्थान महोत्सवको कार्यक्रम एकदमै ब्यवस्थित देखिन्थ्यो । सो ठाउँमा सम्पन्न भएको महोत्सवमा वरिष्ठ पास्टर रोवट कार्थकले परमेश्वरको वचनद्वारा उत्साहित पार्नुभएको थियो । सो पुनरूत्थान महोत्सवको कार्यक्रम समापनपछि काठमाडौंको आयोजक समितिका अध्यक्ष रेभ. डा. सुन्दर थापाले सबैको साथ सहयोगका कारण यो पुनरूत्थान महोत्सव सम्पन्न भएको कुरा बताउनुभयो । साथै थानकोट तथा आसपासमा क्षेत्रमा रहेका मण्डलीहरू त्रिभुवनपार्कमा भेला भई पुनरूत्थान महोत्सव मनाएका थिए, त्यहाँ पनि उत्साहप्रद सहभागिता रहेको कुरा आयोजक समितिले जनाएको छ ।
भक्तपुरका मण्डलीहरूको संयुक्त आयोजनामा यस वर्षको पुनरूत्थान महोत्सव सल्लाघारीमा सम्पन्न भएको छ । पुनरूत्थान महोत्सवमा सहभागी हुनु अघि सहरका विभिन्न ठाउँबाट निकालिएको शान्ति प्रार्थना पदयात्रामा विभिन्न स्थानीय मण्डलीहरूको सहभागिता रहेको थियो ।
स्मरण रहोस्, नेपालमा पुनरूत्थान सम्बन्धी आशामूलक सन्देशहरू लेखिएको संयुक्त व्यानर र प्लेकार्डहरू लिएर ¥याली निस्किनुका कारण येशू ख्रीष्ट बौरी उठनु भएको दिन भएकोले हो । तसर्थ यस दिन सम्पूर्ण ख्रीष्टियन समुदायले यो दिनलाई विशेष रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भव्यताका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउँदै आइरहेका छन् ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४