२०८२ फाल्गुन २३, शनिबार
2026 March 7, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कैलालीमा एक दिने युवा जागृति संगति सम्पन्न

२०७५ फागुन ३ गते, कैलाली । लम्की चुहा जवान इसाई संगतिको आयोजनामा गत माघ २७ गतेका दिन एक दिने युवा जागृति संगति सम्पन्न भएको छ ।

सो जागृति संगतिमा स्वस्थ्य विवाह के हो ? बाइबलमा विवाह र यौनको बारेमा के भनेको छ भन्ने बिषयमा सिकाइएको थियो । पास्टर युवराज सार्कीको सुरुवातको प्रार्थनाबाट सुरु भएको सो कार्यक्रममा इन्डियाको बेङ्लोरबाट आउनु भएको पास्टर जोन इम्मानुएलले सो बिषयमा प्रकाश पार्नु भयको थियो भने दोस्रो सेसनमा पास्टर चेतराज जैशीले परमेश्वरले त्यो एक जना खोज्नु हुन्छ भनेर प्रचार गर्नु भएको थियो । त्यो युवा जागृति संगति कार्यक्रममा स्थानीय जवान

इसाई संगतिको क्वायर झुन्डले आराधनामा अगुवाई गरेको थियो ।

अन्त्यमा धन्यवादको प्रार्थना र धन्यवाद ज्ञापन चुहा जवान इसाई संगतिका अध्यक्ष गगन बि.क ले गर्नु भएको थियो र स्थानीय विलिभर्स चर्चका पास्टर देवेन्द्र रानाले अन्तिम प्रार्थना गरेर कार्यक्रमको अन्त गर्नु भयको थियो र सो कार्यक्रममा स्थानीय ७ वटा चर्चका युवायुवतीहरूको सहभागिता रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...