२०८२ बैशाख १४, आइतवार
2025 April 27, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

टिकापुर इसाई जवान संगतिको समिति गठन

टिकापुर, मिति:२०७५ माघ १५ गते । भजनसंग्रह १३३:१ पदमा दाजुभाइहरू एकतामा बस्‍नु कति भलो र मनोहर कुरा हुन्‍छ भनेर लेखिएको वचनलाई आत्मसाथ गर्दै हिजो टिकापुरमा लम्की चुहा इसाई जवान समितिको नयाँ शाखा युवा समिति गठन गरिएको छ ।

अल्फा चर्च टिकापुरका पास्टर मोहन शर्माको अध्यक्षतामा तथा लम्की चुहा इसाई जवान संगतिका अध्यक्ष गगन बि.क.को रोहवरमा टिकापुर नगरपालिकामा रहेका चर्चहरूका युवाहरूलाई समेटेर धनराज शाहीको अध्यक्षतामा ११ सदस्यीय टिकापुर इसाई जवान संगतिको समिति गठन गरिएको छ। जुन समितिमा यस टिकापुर नगरपालिकामा रहेका विभिन्न ११ वटा चर्चहरूको सहभागिता रहेको छ ।

त्यस टिकापुर इसाई जवान संगतिको गठित नयाँ समितिमा एलिना ओड उपाध्यक्ष, सन्तोष बि.क. सचिव, धन बहादुर चौधरी सहसचिव, मीना सोप कोषाध्यक्ष र सदस्यहरूमा खगेन्द्र टमट्टा, शिव कुमार चौधरी, कमल चौधरी, पूजा परियार र सन्दिप चौधरी रहेका छन् भने सल्लाहकारमा पास्टर छविलाल सोप र पास्टर मोहन प्रसाद शर्मा रहनुभएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...