२०८२ बैशाख १३, शनिबार
2025 April 26, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कैलालीमा एक दिने युवा जागृति सम्मेलन सम्पन्न

माघ १, २०७५ लम्की, कैलाली । कैलाली, कन्चनपुरस्थित रहेको लम्कीचुहा इसाई जवान संगतिको आयोजनामा आज २३ वटा स्थानीय मण्डलीहरूबाट १५० भन्दा बढी युवायुवतीहरूको सहभागिता रहेको एक दिने युवा जागृति सम्मेलन जानकी गा.पा., अमौरास्थित भिक्टोरी चर्चमा सम्पन्न भएको छ ।

सो युवा जागृति सम्मेलन स्थानीय भिक्टोरी चर्चका पास्टर राजेश चौधरीले सुरुवातको प्रार्थना गरी सुरु भएको थियो । जागृति सम्मेलनको संचालन मिसन नेपाल बाइबल स्कुलका प्रिन्सिपल सुरज सार्कीले गर्नु भएको थियो । आजको युवा जागृति सम्मेलनलाई दुई सेसनमा विभाजन गरिएको थियो । जसअनुसार पहिलो सेसनको आशिषपूर्ण वचनको सेवा नेपाल ख्रीष्टियन बाल शिक्षाका सुदुर पश्चिम तथा मध्यपश्चिम निर्देशक सुरज नेपालीले गर्नु भएको थियो भने दोस्रो सेसनमा सियोन पेन्टिकोष्टल चर्चका पास्टर प्रेम रामजाली मगरले आशिषमय वचन प्रचार गर्नु भएर आशिषित तुल्याउनु भएको थियो । कार्यक्रमको बिच बिचमा विभिन्न चर्चबाट आउनु भएका जवानहरूले आ-आफूमा भएको प्रतिभाहरू प्रस्तुत गर्नु भएको थियो ।

सम्मेलनको अन्त्यमा अन्तिम तथा समापनको प्रार्थना लम्कीचुहा इसाई जवान संगतिको समितिका अध्यक्ष गगन बि.क.ले गर्नु भएपछि समापन भएको थियो । उपस्थित युवा युवतीहरूले यो सम्मेलन एकदमै आशिषमय भएको प्रतिक्रिया दिएका छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...