२०८२ बैशाख ५, शुक्रबार
2025 April 18, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टमस सहित १३ दिन बिदा थप्न प्रस्ताव, महासंघले धन्यवादको बिज्ञप्ति निकाल्यो

काठमाडौं, पुस १९ । सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्दै ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमस सहित १३ दिन थप बिदा दिने प्रस्ताव गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि १३ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको हो ।

यसअघि घोषणा भएका सार्वजनिक बिदाहरू यथावत राख्दै सरकारले थप पर्वमा बिदा थप्ने प्रस्ताव गरेको छ। आगामी वर्षदेखि किराँत समुदायको चाड उभौली र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ । आदिवासी जनजाति महासंघको मागबमोजिम ती बिदा प्रस्ताव गरिएको हो ।

त्यस्तै इदुल फित्र,बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। त्यस्तै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको माग तथा बिदा पुनरावलोकन गर्न सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै डिसेम्बर २५ मा ख्रीष्टमसको दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ । अर्को वर्षदेखि गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसारमा पनि सार्वजनिक बिदा प्रस्ताव गरिएको छ। त्यस्तै छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ भने ऋषि पंचमीका दिन महिला कर्मचारीका लागि मात्र भन्दै बिदाको प्रस्ताव गरिएको छ ।

ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसमा पनि सार्वजनिक बिदा थप गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदमा कार्यदलले प्रस्ताव पेस गरेकोमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आफ्नो पहलको कदर भएको भन्दै धन्यवादको एक बिज्ञप्ति निकालेको छ । त्यस बिज्ञप्तिका सम्बन्धमा महासंघका अध्यक्ष सि. वि. गहतराजसँग सरकारले ख्रीष्टमसमा सार्वजनिक बिदा नदिइसकेको तर प्रस्ताव मात्र हो नि त भनि सोध्दा प्रधानमन्त्रीसँग यस सम्बन्धि कुरा भैसकेको र आगामी मन्त्रीपरिषदको बैठकले त्यस प्रस्तावलाई पारित गर्ने कुरा भएर नै त्यो धन्यवादको बिज्ञप्ति प्रकाशन भएको बताउनुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...