२०७५/०९/१९, काठमाडौँ । उपराष्ट्रपति नन्द किशोर पुनको काठमाडौँ, कान्तिपथस्थित कार्यालय भवनमा राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीहरूले भेटी ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
उपराष्ट्रपति समक्ष राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि. गहतराजले ख्रीष्टमस तथा नयाँ वर्ष २०१९को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै २०६४ सालदेखि दिदै आएको ख्रीष्टमसको सार्वजनिक बिदा यस वर्ष कटौति गरेको र नेपाल सरकारले महासंघसँग विभिन्न समयमा गरेको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयन नभएको कुरा राख्दै त्यो सहमति पूरा गर्नका लागि विशेष पहल गरिदिन उपराष्ट्रपतिसमक्ष अनुरोध समेत गर्नुभएको थियो ।
सो कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले पनि सम्पूर्ण ख्रीष्टियन समुदायलाई ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को शुभकामना दिनुहुदैँ संविधानले सबै जाति, भाषा, धर्म, संस्कृतिलाई समान अधिकार दिएको र राज्यबाट कसैलाई पनि विभेद नगरिने र ख्रीष्टिमस लगायतका अन्य धार्मिक समुदायको चाडपर्वहरूको विषयमा आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको र ख्रीष्टमसको सार्वजनिक बिदा नेपाल सरकारले दिनु पर्ने धारण व्यक्त गर्नुभएको थियो । साथै नेपाल सरकार र महासंघबिच भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयनको लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा महासंघका बरिष्ठ सहअध्यक्ष डा. फिलेमोन क्षेत्रीले राज्य र राज्यका विशिष्ट व्यक्तित्वहरूको लागि प्रार्थना गर्नु भएको थियो भने सहअध्यक्षहरू डा. सरिता थापा, रीता काबो, तेजमान तामाङ्ग उपाध्यक्षहरू डोमा राई, बाबुराम हिमाङ्ग, अन्ना पेडन, सल्लाहकार पा. सोनाम काबो, उपमहासचिव तथा प्रवक्ता उद्धव चिमोरिया, जर्मनका सद्भावदूत डा. डम्बर अधिकारी लगायतका पदाधिकारीहरूले उपराष्ट्रपतिलाई ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना दिनु भएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४