२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आज देशैभर हर्षोल्लाससाथ ख्रीष्टमस उत्सव मनाइयो

१० पुस ०७५, काठमाडौं । नेपालमा रहेको लाखौं नेपाली ख्रीष्टियनहरूले आज डिसेम्बर २५ तारिख मंगलबारका दिन यस वर्षको ख्रीष्टमस हर्षोल्लासमयले मनाएका खबरहरू प्राप्त भएका छन् । काठमाडौँ लगायत देशैभर हरेक सहर, गाउँ, टोल जताततै ख्रीष्टमसको हर्षोल्लासमय वातावरण देख्न सकिन्थ्यो ।

आज ख्रीष्टमसका दिन बिहानै लाखौं नेपाली ख्रीष्टियनहरूले आ-आफ्नो चर्च तथा विभिन्न ठाउँमा आयोजित ख्रीष्टमस कार्यक्रम स्थलमा भेला भएर आराधना गर्ने, प्रार्थना गर्ने, येशूको जन्मको संदेश बाड्ने, एकअर्कामा शुभकामना आदानप्रदान गर्ने, उपहार साटासाट गर्ने र संयुक्तरुपमा प्रिति भोजमा सहभागी हुने लगायतका कार्यहरू गरेका थिए ।

त्यसैगरी राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले पनि आज पुस १० गतेका दिन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा ख्रीष्टमस २०७५ को अवसरमा भव्य ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सम्पन्न गरेको छ । राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले विगत वि.सं. २०६३ सालदेखि निरन्तर रुपमा राष्ट्रियस्तरको कार्यक्रमको रुपमा ख्रीष्टमस मनाउदै आएको छ । सो समारोहमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजले यस वर्ष नेपाल सरकारले ख्रीष्टमसमा बिदा नदिएर नेपालको संबिधानमा उल्लेखित धर्म निरपेक्ष र धार्मिक स्वतन्त्रताको उपहास भएको बताउनु भएको छ ।

त्यसैगरी हिजो पुस ९ गतेका दिन उपत्यकाका चर्चहरूको संयुक्त आयोजनामा राजधानीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा ख्रीष्टमस कार्यक्रम सम्पन्न गरेको थियो ।

स्मरण रहोस्, विगत वि.सं. २०६४ सालदेखि निरन्तर रूपमा नेपाल सरकारले ख्रीष्टमसका दिन सार्वजनिक बिदा दिदै आएकोमा यसपटक आफूलाई धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको पक्षेधर मान्ने दुई तिहाइको कम्युनिष्ट सरकारले पहिलोपटक बिदा कटौती गरेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...