काठमाडौं, २०७५ कात्तिक ३० गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आफ्नो एघारौं राष्ट्रिय भेला आगामी मंसिर ३ गतेका दिन बिहान १० बजेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्दैछ ।
महासंघको त्यस राष्ट्रिय भेलाको उद्घाटन नेपाल सरकारका उच्च पदाधिकारी र मानव अधिकारका प्रतिनिधिहरू लगायतको सहभागितामा हुने महासंघले जानकारी गराउँदै काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण मण्डलीका पास्टरहरू तथा विभिन्न संघसंस्थाका प्रमुखहरूलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ । उद्घाटन सभामा सरकारका प्रतिनिधि र मानव अधिकारका प्रतिनिधिहरूलाई ख्रीष्टियनहरूको महान उत्सव ख्रीष्टमसको सार्वजनिक छुट्टी लगायत समसामयिक ख्रीष्टियनहरूको राष्ट्रिय सरोकारका विषयमा समेत ध्यानाकर्षण गराइने बताइएको छ ।
सो भेलामा केन्द्रिय समितिका पदाधिकारीहरू र केन्द्रिय सदस्यहरू, विभागीय प्रमुखहरू लगायत प्रदेश र जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । एघारौं राष्ट्रिय भेलाको तयारी लगभग पूरा भई सकेको महासंघले जनाएको छ । स्मरण रहोस् महासंघले आफ्नो दशौं राष्ट्रिय भेला गत बैशाखमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न गरेको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४