काठमाडौँ, २०७५ कार्तिक २६ गते । नेपाल बप्तिस्ट युवा संगतिको ९औ राष्ट्रिय अधिबेशन तथा सम्मेलन आजदेखि ललितपुरको नखिपोटस्थित लिभिंग बप्तिस्ट चर्चमा शुरू भएको छ । सो ९औ राष्ट्रिय अधिबेशन तथा सम्मेलनमा नेपालभरिबाट करिब ३०० सय भन्दा बढी पर्यवेक्षयक तथा प्रतिनिधि बप्तिस्ट युवाहरूको सहभागिता रहेको छ ।
नेपाल बप्तिस्ट परिषद्का पदाधिकारीहरू, नेपाल बप्तिस्ट परिषद् अन्तर्गत रहेका विभिन्न विभागीय प्रमुखहरू लगायत विभिन्न अथितिहरूको सहभागिता रहेको सो उद्घाटन समारोहमा नेपाल बप्तिस्ट युवा संगतिका अध्यक्ष पास्टर प्रेमनारायण भट्टराईले सहभागी सबैलाई स्वागत मन्तब्य राख्न्नुहुदैँ स्वागत गर्नुभएको थियो भने मुख्य वक्ता अमेरिकाको मेरिल्याण्डस्थित हिमालयन बप्तिस्ट मण्डलीका पास्टर डा.प्रकाश मेघी गुरुङ लगायत अन्य बिशिस्ठ पाहुनाहरूद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो । धापाखेल बप्तिस्ट चर्चका युवाहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने नेपालकी सर्वप्रिय गायिका अन्जु पन्तले आफ्नो प्रस्तुति दिदै कार्यक्रमलाई थप रोमान्चक बनाउनु भएको थियो । आजको उद्घाटन समारोहको कार्यक्रम नेपाल बप्तिस्त युवा संगतिका सचिव हनोक चामलिंगले कुशलतापूर्वक सन्चालन गर्नुभएको थियो ।
आजको पहिलो सेसन यस ९औ राष्ट्रिय अधिबेशन तथा सम्मेलनका मुख्य वक्ता हिमालयन बप्तिस्ट मण्डली मेरिल्याण्डका पास्टर डा.प्रकाश मेघी गुरुङले तिमीहरू संसारको ज्योति हौ भन्ने थिममा रहेर युवाहरूलाई उत्साहित गर्ने वचनद्वारा चुनौती दिनुभएको थियो भने दोश्रो सेसनमा लिभिंग बप्तिस्ट मण्डलीका संस्थापक पास्टर रेभ. तुला सिंह राईले वर्तमान युवाहरू संसारको सबै क्षेत्रमा ज्योति बनेर पुग्नु पर्ने बारे प्रकाश पार्नु भएको थियो ।
पर्सीसम्म चल्ने सो सम्मेलनमा नेपालभरिबाट करिब ३०० सय भन्दा बढी पर्यवेक्षयक तथा प्रतिनिधि बप्तिस्ट युवाहरूको सहभागिता रहेको सो सम्मेलन तिमी संसारको ज्योति हौ भन्ने प्रसङ्गमा रहेर चालू रहने छ । यो अधिबेशन तथा सम्मेलनका मुक्य वक्ता हिमालयन बप्तिस्ट मण्डली मेरिल्याण्ड, अमेरिकाका पास्टर डा.प्रकाश मेघी गुरुङ लगायत अन्य वक्ताहरूले पनि वचनको सेवाकाइ गर्नु हुनेछ ।
यस अधिबेशन तथा सम्मेलनबाट नेपाल बप्तिस्त युवा संगतिको हालको समितिलाई बिघटन गरेर आउने कार्यकालको लागि नयाँ कार्य समिति समेत चयन गरिने जनाइएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४