२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

“परमेश्वरको राज्य र अपाङ्गता” विषयक परिचयात्मक कार्यक्रम सम्पन

नेपाल ख्रीष्टिय अपाङ्गता सञ्जाल (Nepal Christian Disability Network) ले Joni and Friends नामक संस्थासँगको सहकार्यमा ललितपुर नख्खुदोबाटो स्थित बेखाज् पार्टी प्यालेसमा परमेश्वरको राज्य र अपाङ्गता विषयक परिचयात्मक कार्यक्रम गत असोज ३० गते सम्पन्न गरेको छ ।

सुन्दरढोका साथी सेवा समाज नेपालका अध्यक्ष पा. कोष विलास अधिकारीले सुरूको प्रार्थना गर्नुभई अाैपचारिक उद्घाटन गर्नुभएको र विजेता लुइटेल अधिकारीले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अपाङ्ग बालबालिकाहरूले ह्विलचेयर नृत्य तथा दृष्टिविहीन तबिथाले सुमधुर गीत प्रस्तुत गर्नुभएको थियो भने नेपाल ख्रीष्टिय अपाङ्गता सञ्जाल सदस्य वीर नेपालीले स्वागत मन्तव्य दिनुहुँदै उक्त सञ्जालको बारेमा संक्षिप्त जानकारी समेत प्रस्तुत गर्नुभएको थियो ।

नेपालमा रहेका शारीरिक तथा मानिसक र अपाङ्गता भएका व्यक्तिहरूका निम्ति नेपाली चर्च तथा प्याराचर्चहरूको भूमिका र दायित्व के हुनुपर्छ, अपाङ्गता भएका व्यक्तिहरूका बारेमा परमेश्वरको हृदयमा के छ, तथा समग्रमा यस विषयमा बाइबलीय धारणा र विश्वदृष्टि के हो भन्ने विषयलाई जोनी एण्ड फ्रेण्ड्स संस्थाको प्रतिनिधित्व गर्दै अमेरिकाबाट आउनुभएका सहजकर्ताहरू जोन, स्टिव बुण्डी र बेन्जामिनले प्रकाश पार्नुभएको थियो । लूका १४ अध्यायको विराट भोजको प्रसङ्ग, यूहन्ना ९ अध्यायको दृष्टिविहीन मानिसलाई येशूले दृष्टि दिनुभएको सन्दर्भ आदिको अर्थ खुलाउनु हुँदै, जसरी तत्कालिन समाजका धार्मिक अगुवाहरूले धर्मशास्त्र र परमेश्वरको हृदयलाई उल्टो बुझेका थिए, के आज हामी पनि अपाङ्ग व्यक्तिहरूलाई आशिष अनि परमेश्वरको प्रेम प्रदर्शन गर्ने अवसरको रूपमा भन्दा पनि बोझको रूपमा त लिएरहेका छैनौँ भनि चुनौती दिइएको थियो । उहाँहरूको प्रस्तुतिलाई विदुर अधिकारीले नेपालीमा अनुवाद गरी सहायता गर्नुभएको थियो ।

विभिन्न चर्चका पाष्टर अगुवाहरू, अपाङ्ग व्यक्तिहरूका माझमा सेवा गर्ने संघसंस्थाका प्रतिनिधिहरू गरी दुई सय पचास जनाको सहभागिता रहेको उक्त कायक्रममा नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्ली पौडेलले शुभकामना मन्तव्य दिनुहुँदै बाइबलमा कमजोर अशक्त व्यक्तिहरूमार्फत नै परमेश्वरले उनीहरूलाई प्रयोग गरेर महान् कार्यहरू गर्नुभएको प्रसङ्ग उठाउदै शारीरिक रूपमा सपाङ्ग भएर पनि आज धेरै जना मानसिक र आत्मिक रूपमा अपाङ्ग नै छन्, कमजोर व्यक्तिमै परमेश्वरले बढी क्षमता राखिदिनुभएको छ यसकारण निराश हुनुपर्दैन भनि उत्साह दिनुभएको थियो ।

राष्ट्रिय ख्रीष्टिय महासंघ नेपालका अध्यक्ष सिबि गहतराजले महासंघले अब अपाङ्ता विभाग नै स्थापना गर्ने र सबै चर्चमा यस सम्बन्धी जानकारी दिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै नेपाली चर्चहरू समावेशी चर्च बन्ने हो भने अपाङ्ता मैत्री बन्नुपर्ने कुरालाई बढी जोड दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा, कार्यक्रमका सभापति विकाश अधिकारीले सबै चर्च र अगुवाहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा पुर्याउने विषयमा अब सबैले सहकार्य गर्नुपर्ने समय आएको छ भन्नुहुँदै हातेमालो गरी बढ्न आह्वान गर्नुभएको थियो । नेपालमा यस्तो प्रकारको शिक्षा वा यो तरिकाले यस विषयमा विचार गर्ने काम नितान्त नौलो रहेको अनुभव र प्रतिकृया सहभागीहरूले दिएका थिए ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...