२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रयास नेपालको ११औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाश वि.सी., कार्तिक १८, ललितपुर । प्रयास नेपालको ११औं वार्षिक साधारण सभा शनिवार ललितपुरमा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बीणा थुलुंगको अध्यक्षतामा सम्पन्न ११औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कार्यप्रगतिको समिक्षा गर्दै संस्थाको भावी रणनीति तय गरेको छ ।

पास्टर श्याम नेपालीको प्रार्थनाबाट शुरू भएको सभामा प्रयास नेपालको आर्थिक वर्ष २०७४÷७५ को कार्य प्रगती प्रतिवेदन संस्थाका कार्यकारी निर्देशक पास्टर चन्द्रमान नेपालीले प्रस्तुत गर्नुभएको थियो । विवरणमा नेपालका विभिन्न क्षेत्रमा भएका स्थलगत भ्रमण, निरक्षिण र संस्थाले सञ्चालन गरेका वार्षिक कार्यक्रमहरुमा भएका प्रगतिबारे उल्लेख छ। प्रयास नेपालले देशभर विद्यार्थी छात्रावृति कार्यक्रम,अनुगमन÷संयोजककर्ता, अशक्तहरुका लागि शारीरिक सुगठन, उद्धार तथा राहत कार्यक्रम, सामुदायिक भवन निर्माण र विभिन्न तालिम गरि ६ वटा कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷७५ को आर्थिक प्रतिवेदन सुरोज शाक्यले पेश गर्नुभएको थियो ।

महासचिव दीपाञ्जली नेपाली जोशीले आर्थिक वर्ष २०७५÷७६ को भावी योजना सभामा प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष यादव कुमारी सापकोटाले आर्थिक वर्ष २०७५÷७६ को अनुमानित बजेटबारे सभालाई जानकारी गराउनुभएको थियो । प्रयास नेपालले आगामी वार्षिक कार्यक्रम अन्तर्गत जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावृति कार्यक्रमलाई निरन्तरता दिने, विभिन्न ठाउँमा मिसिनरीको रूपमा कार्यक्रम संयोजनकर्ताको सहयोगमा वृद्ध ,बालबालिका र पिछडावर्गका मानिसहरूको माझ विभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना तय गरेको छ ।

यसका साथै, सामुदायिक भवन निर्माण परियोजना अन्तर्गत निर्माणाधिन चर्च भवन निर्माणको कामलाई निरन्तरता दिने, युवा तथा महिलाहरूको लागि कार्य्रक्रम ल्याउने, अशक्तहरुको बीचमा सेवा पु¥याउने, ७ वटै प्रदेशमा आवश्यकता अनुसार निर्माणका कार्यक्रम समेत सञ्चालन गरिने योजना रहेको महासचिव जोशीले बताउनुभयो ।

कार्यकारी निर्देशक पास्टर चन्द्रमान नेपालीले भन्नुभयो, “ कार्यक्रम सञ्चालनको लागि आन्तरिक श्रोत, विभिन्न संघ संस्थाहरूसँगको सहकार्य साथै सहयोगी दाताहरुसँग सहकार्यको आवश्यकता छ ।” त्यसका लागि प्रार्थना सहित यो अभियानमा सबैलाई अभिप्रेरित गर्नु जरूरी रहेको पास्टर नेपालीले बताउनुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...