५ असोज २०७५ । संविधान दिवसको अवसर पारेर संविधानको व्यवहारिक कार्यान्वयनको लागि भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गत असोज ३ गतेका दिन प्रज्ञा प्रतिष्ठान कमलादीमा वृहत प्रार्थना सभाको आयोजना गर्यो । उपमहासचिव पा. उदव चिमोरियाले संचालन गर्नु भएको कार्यक्रम बिहान ११ बजे शुरू भएको थियो ।
नेपालको नयाँ संविधान २०७२ को व्यवहारिक कार्यान्वयनका लागि, नयाँ संविधानमा धर्म निरपेक्षताको गलत परिभाषा सच्चाउन सम्बन्धित निकायको ध्यान जान सकोस्, फौजदारी बिध्येयकको धारा १५८ संशोधन, नेपाल सरकार र महासंघबिच विभिन्न समयमा भएको ३ र ६ बुँदे सम्झौताहरू यथाशीघ्र कार्यान्वयन भएको होस्, देशभर रहेका मण्डली र ख्रीष्टियन संघसंस्थाहरूमा एकता कायम होस्, ख्रीष्टमस र इष्टरमा सार्वजनिक विदा हुन सकोस् तथा महासंघले आगामी दिनमा ख्रीष्टियन समुदायको हितमा काम गर्नका लागि वृहत प्रार्थना गरिएको थियो ।
प्रार्थना सभामा काठमाडौँ उपत्यकाका विभिन्न मण्डलीहरूको सहभागिता थियो । सो प्रार्थना सभामा परमेश्वरको वचन सल्लाहकार पा. सोनाम काबोले बाँड्नु भएको थियो भने आराधानामा सिलोआम बाँसबारी क्वायर झुण्डले अगुवाई गरेको थियो । प्रार्थनाको अगुवाइ वरिष्ठ सहअध्यक्ष डा. फिलेमोन क्षेत्री, सहअध्यक्ष रिता काबो, सहअध्यक्ष पा. तेजमान तामाङ्ग लगायतले गर्नुभएको थियो । महासंघका अध्यक्ष सि.वि. गहतराजले सबैलाइ एक ढिक्का भई र कत्ति पनि विचलित नभई देश तथा मण्डलीका लागि निरन्तर प्रार्थना गरिरहन सबैलाइ आह्वान गर्दै प्रार्थना सभाको समापन गर्नु भएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४