२०७५ भदौ २७ गते । गत बैशाख २७ गतेका रात अज्ञात समुहद्वारा गरिएको अागजनीका कारण क्षति पुगेकाे पाँचथरको चतुरेस्थित हेब्राेन मण्डलीकाे निम्ति संकलन गरिएको रु.९०,३३०/- एन.सी.एफ.नेपालकाे १ नं. प्रदेशकाे कार्यालयमा हेब्राेन मण्डलीका बरिस्ठ पास्टर के.बी.राईलाई एन.सी.एफ.नेपालकाे केन्द्रीय सह सचिव पा.हिमाल जाेसेफ राई र १ नं.प्रदेशका अध्यक्ष पा. विकास राईद्वारा हालै हस्तान्तरण गरिएको खबर प्राप्त भएको छ ।
घटना लगत्तै एन.सी.एफ.नेपालद्वारा स्थलगत निरिक्षण गरी तत्काल राहत स्वरूप रु.३०,०००/- प्रदान गरिनुका साथै पा. हिमाल जाेसेफ राईकाे संयाेजकत्वमा ५ सदस्यीय सहयाेग संकलन समिति पनि गठन गरिएको थियो । सोहि सहयाेग संकलन समितिको पहलमा नै यो आर्थिक सहयाेग संकलन गरिएको हो । अज्ञात समुहद्वारा गरिएको अागजनीका कारण क्षति पुगेकाे पाँचथरको चतुरेस्थित हेब्राेन मण्डलीकाे निम्ति अार्थिक सहयाेग गर्ने सबैलाई एन.सी.एफ.नेपाल र हेब्राेन मण्डली परिवार पाँचथरले धन्यवाद प्रदान गरेकाे छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४