२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रयास नेपालको आयोजनामा आर्थिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

२०७५ भदौ २६ गते । ललितपुरको नख्खुमा गत भदौ २४ गतेबाट शुरु भएको तीन दिने आर्थिक व्यवस्थापन र मण्डलीको लेखा सम्बन्धी तालिम आज (मंगलबार) सम्पन्न भएको छ । तीन दिने आर्थिक व्यवस्थापन सम्बन्धी आधारभूत तालिममा प्रयास नेपालका संस्थापक निर्देशक पास्टर चन्द्रमान नेपाली र एल्डर सुरज शाक्यले सहजिकरण गर्नुभएको थियो ।

पास्टर चन्द्रमान नेपालीले समग्र व्यवस्थापन र आर्थिक व्यवस्थापन सम्बन्धी बाइबलीय सिद्धान्तका बारे सिकाउनु भएको थियो । यसका अलावा आफूलाई बाइबल अनुसार कसरी व्यवस्थित बनाउने र आफ्नो धनको व्यवस्थापनबारे बाइबलीय दृष्टिकोणबारे शिक्षा दिनुभएको थियो ।

एल्डर सुरज शाक्यले आर्थिक व्यवस्थापन र यसको आवश्यकताका बारेमा सिकाउनुभएको थियो । मण्डली वा संस्थामा लेखाको आवश्यकता र महत्व, आर्थिक नियमावलीको निमार्ण कसरी गर्ने, लेखा राख्ने तरिका, बजेट निमार्ण, बजेट तयार गर्ने तरिका, आर्थिक प्रतिवेदनको तयारी तीन दिने तालिमको मुख्य आकर्षण थियो । तालिममा आय व्यय भौचर÷विवरण तयार गर्ने तरिका, लेजरमा काम गर्ने तरिका लगायत हिसाब किताब कसरी व्यवस्थित र पारदर्शी तरिकाले राख्नेबारे प्रयोगात्मक कक्षा समेत सञ्चालन गरिएको थियो ।

नेपाली मण्डलीहरूमा देखिएको आर्थिक व्यवस्थापनको कमजोरीलाई मध्यनजर गर्दै उक्त आधारभूत तालिमको आयोजना गरिएको प्रयास नेपालका संस्थापक निर्देशक पास्टर चन्द्रमान नेपालीले बताउनुभयो । तालिममा विभिन्न चर्चबाट १४ जना प्रशिक्षार्थीहरू सहभागी थिए । प्रशिक्षार्थीहरूलाई संस्थाकी अध्यक्ष विणा थुलुङले प्रमाण–पत्र हस्तान्तरण गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...