२०७५ साउन २४ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज बिहिबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी महासंघका अध्यक्ष सि.वि. गहतराजले हालै गर्नुभएको अमेरिका भ्रमण र नेपालको धार्मिक स्वतन्त्रता लगायत वर्तमान अवस्थाका बारेमा आफ्नो धारणा जानकारी गराउन एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
सो पत्रकार सम्मेलनमा गत जुलाई २४-२६ तारिख, २०१८ सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. स्टेट डिपाटस्थित आयोजना गरिएको कार्यक्रममा उठेका र छलफल भएका विषयका बारेका साथै आफ्नो त्यहाँको सरकारी निकायका अधिकारी लगायत विभिन्न पक्षसँग भएको भेटघाटका बारेमा महासंघका अध्यक्ष गहतराजले जानकारी गराउनु भएको थियो । सो सम्मेलनमा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता र अल्पसंख्यक धार्मिक समुदायहरूको पक्षमा उठेका विषयबस्तुमाथि घनिभूत छलफल भएको कुरा समेटिएको प्रेस विज्ञप्ति समेत वितरण गरिएको थियो । यसका साथै संयुक्त राष्ट्रसंघको महासन्धीमा रहेको धार्मिक स्वतन्त्रतामा थप प्रतिवद्धता गर्न र नेपालमा रहेका अल्पसंख्यक धार्मिक समुदाय र ख्रीष्टियन समुदायको विशेष सुरक्षा र धार्मिक स्वतन्त्रताको लागि अमेरिकी सरकारका विभिन्न प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल समेत भएको कुरा उहाँले बताउनुभएको थियो ।
आगामी भदौदेखि लागू गर्ने भनिएको फौजदारी विधेयकलाई प्रतिशोधको हिसाबले र कुनै समुदायलाई नियन्त्रण गर्न बनाइएकाले तत्काल खारेज गर्न उहाँले माग गर्नुभएको थियो । आफूले इच्छा गरेको धर्म मान्न पाउनु पर्ने अधिकारलाई कसैले हनन गर्न नपाइने भन्दै नेपाल सरकारलाई गैरन्यायिक विधेयक फिर्ता लिन आग्रह समेत गर्नुभएको थियो । विभिन्न समयमा नेपाल सरकार र महासंघबिच भएको ३ बुँदे र ६ बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्दै समाधि स्थल लगायत राष्ट्रिय सरोकारका विषयहरू कार्यान्वयन गर्न नेपाल सरकारसँग जोडदार माग समेत गर्नुभएको थियो ।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका वरिष्ठ सहअध्यक्ष रेभ. फिलेमोन क्षेत्रीले शुरुको प्रार्थना गरी सुरू भएको सो पत्रकार सम्मेलनमा सचिव पास्टर हेम बहादुर थापाले त्यहाँ वितरण गरिएको प्रेस विज्ञप्ति पढेर सुनाउनुभएको थियो । स्मरण रहोस् महासंघको त्यो पत्रकार सम्मेलनको सन्चालन महासंघकै अर्का सचिव पास्टर उद्धव चिमौरियाले सञ्चालन गर्नुभएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४