२०७५ साउन ८, काठमाडौँ । नेपाल राष्टिय मण्डली संगति एन.सि.एफ. नेपाल को केन्द्रिय समितिको बैठक अध्यक्ष पा.रेभ. हनोक तामाङको अध्यक्षतामा हिजो बस्यो। एन.सि.एफ. नेपालले विगतमा ५ विकास क्षेत्रलाई समेट्दै आफ्नो कार्य गर्दै आएको र हाल सरकारले तय गरेको प्रादेशिक कार्य योजनालाई मध्यनजर राख्दै ७ वटै प्रदेशमा आफ्नो कार्य क्षेत्र विस्तार गरी अगाडी बढ्ने लगाएत अन्य विविध बिषयमा निर्णय गरेको खबर प्राप्त भएको छ ।
एन.सि.एफ. नेपालले आफ्नो कार्य प्रादेशिक ढाँचा अनुसार गर्ने निर्णय गर्दै आफ्नो संगठनको ढाँचा पनि प्रादेशिक अनुसार नै गर्ने भएको छ । बैठकमा छलफल गर्दै प्रदेश नम्बर १ देखि ७ सम्म को लागि संयोजकको रुपमा मनोनित पनि गरेको छ । जस अनुसार क्रमश प्रदेश १. विकाश राई, २. निमा लामा, ३. तारा सिङ गुरुङ, ४. प्रकाश श्रेष्ठ,५. हेम बहादुर दास, ६. नबिन दर्लामी र ७.मा हर्क बहादुर तामाङ लाई चयन गरिएको जनाइएको छ । त्यसैगरी पूर्ण प्रदेसिक समिति चाडै गठन गरिने पनि बताइएको छ । त्यस बैठकले एन.सि.एफ. नेपालको केन्द्रिय सदस्यको लागि ५ जना सदस्यहरु समेत मनोनित गर्दै चौध जना सल्लाहकार परिषदको चयन गरिएको छ ।
बैठकमा अध्यक्ष पा.हनोक तामाङले एन.सि.एफ. नेपाल सुरुवाती कालदेखि नै नेपाली इसाईको पहिलो संगति, मण्डली संरक्षण गर्दै विस्वासीहरुको खेदो, सटावटमा हकहित र अधिकारको संरक्षणमा भूमिका निर्बाह गर्दै आई रहेको छ र यस सस्थाको मूल उदेश्य भनेको, सम्बन्ध, सहकार्य र संगति हो भनि बताउनु भयो । यस संस्थाको उदेश्य अनुरुप निस्वार्थ भावनाले सेवा गर्ने, एन सी एफ नेपाल को लक्ष्य र उदेश्यले आत्मसाथ गर्न महासचिवको आवश्यकता रहेको कुरामा जोड दिदै अध्यक्ष पा.हनोक तामाङले बैठकमा आफ्ना कुरा राख्नु भएको थियो ।एन.सि.एफ. नेपालले आब्हान गरेको महासचिव पदको लागि ७ जनाले आबेदन दिएको र महासचिव छनोटको लागि सिमोन पाण्डे, हनोक तामाङ, टेक दाहाल, बीबी कार्की र प्रकाश श्रेष्ठ सम्मिलित पाँच सदस्सीय छनोट समिति गठन गरिएको समेत जनाइएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४