२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

खीष्टियन पत्रकारहरूसँग डा. रोकायाको अन्तरक्रिया सम्पन्न

२०७५ साउन ७ गते । काठमाडौं, ललितपुरस्थित एउटा क्याफेमा ख्रीष्टियन पत्रकारहरूसँग डा. के.बि. रोकायाको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न मिडियाबाट सहभागी प्रतिनिधिहरू र अन्य केहि व्यक्तिहरूको सहभागिता रहेको सो अन्तरक्रिया कार्यक्रममा डा. के. बि. रोकायाले आफ्नो विगत जीवनको चर्चा परिचर्चा गर्दै नेपाल देश, समाज र ख्रीष्टियन समुदायमाथि आफूले पुर्याएको योगदानको चर्चा गर्नुहुँदै पछिल्लो समयमा आफूले उठाउँदै आएको विषयमाथि उहाँले प्रकाश पार्नुभएको थियो ।

पत्रकारहरूले उठाउनु भएका प्रश्नहरूको उत्तर दिने क्रममा नेपालमा राजतन्त्र, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र नेपाली सेना यो देशलाई चाहिने कुरा आफूले महशुस गरेको र यसो गर्दा नै नेपालमा रहेका ख्रीष्टियन समुदाय लगायत सबैको पनि हित हुने कुरा आफूले उठाउँदै आएको छु भनि बताउनुभएको थियो । उहाँले विगतका दिनमा आफूले पनि देशमा गणतन्त्र र धर्मनिरपेक्ष चाहिन्छ भन्ने आवाज उठाएको तर सेकुलारिजम् भएको विश्वका अन्य देशमा मानिसहरूमा अनैतिकता र छाडातन्त्र ल्याएको आफूले पाएकोले नेपाल जस्तो बहुसंख्यक हिन्दु भएको राष्ट्र धर्मनिरपेक्ष हुनुुभन्दा पूर्ण धार्मिक स्वतन्त्रता सहितको धर्मसापेक्ष हिन्दु राष्ट्र भएको खण्डमा मानिस नैतिकवान हुने वा नैतिक शिक्षा दिन सकिने भएकोले पछिल्लो समयमा आफूले धर्मनिरपेक्षताको साँटो हिन्दु राष्ट्र हुनु पर्ने वकालत गरेको बताउनुभयो । यसो गर्दा नेपालमा रहेका अल्पसंख्यक ख्रीष्टियन समुदायलाई पनि हित गर्ने कुरा उहाँले जिकिर गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले आफूले पछिल्लो समयमा उठाउँदै आएको विषयमा नेपालका कुनै पनि ख्रीष्टियन अगुवाले आफूलाई भेटेर वा फोन गरेर तपाईंले उठाउनु भएको यो विषयमा हाम्रो असहमति छ भन्नुभएको छैन र कुनै सल्लाह पनि दिनुभएको छैन भन्ने गुनासो गर्नुभएको थियो । फेसबुक लगायत अन्य सामाजिक सञ्जाल आफूले प्रयोग नगर्ने भएकोले त्यहाँ आएका सुझाव पनि आफूले देख्न नपाएको कुरा बताउनुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...