२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघले विशेष योजना तत्काल ल्याउने

२२ असार २०७५, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा नयाँ बानेश्वर, बुद्धनगरस्थित सालेम मण्डलीमा आज बसेको महासंघको केन्द्रीय समितिको बैठकले विशेष योजना तत्काल ल्याउने निर्णय गरेको हो ।

महासंघको यस बैठकले आउने दिनहरूमा महासंघ र सरकारबिच विगतमा भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयनको लागि र सरकारले नेपालमा भएका चर्चहरू तथा ख्रीष्टियन संघसंस्था र ख्रीष्टियन समुदायप्रति देखाएको उदासिनता र विभेदकारी व्यवहारप्रति महासंघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । त्यस किसिमको गतिविधि तत्काल रोक्न महासंघले सरकारसँग आग्रह गर्दै ख्रीष्टियन समुदायको शान्ति सुरक्षाको सुनिश्चिता गर्न माग गरेको छ । साथै त्यस अनुसार सरकारको केन्द्रीय तह लगायत सातै प्रदेश सरकार र ७७ वटै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने निर्णय गरेको जनाइएको छ । केन्द्रीय समितिको बैठकले हङकङ नेपाली ख्रीष्टियन काउन्सिलको सिफारिसमा नेपाली युनियन चर्चका पास्टर राजु बराईलीलाई अन्तराष्ट्रिय सल्लाहकारमा मनोनित गर्ने निर्णय समेत गरेको छ । उक्त बैठकमा महासंघका विभिन्न विभागहरू महिला विभाग, युवा विभाग, संगठन विभाग र प्रार्थना विभागका प्रमुखहरूले आ–आफ्नो विभागबाट विभागीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा हाल देशको वर्तमान परिस्थितिका बारेमा बरिस्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्री, सहअध्यक्ष रिता काबो, रेभ. शामूएल सोदेम्बा, सरिता गिरी थापा, महासचिव पदमनाथ पराजुली, उपमहासचिव तथा प्रवक्ता पा. सागर बैज, उपमहासचिव पा. चन्द्रमान नेपाली, सल्लाहकारहरू, रेभ. सोनाम टि. काबो, रेभ. एलिया प्रधान लगायत अन्य पदाधिकारीहरूले चर्चा गर्दै ख्रीष्टियन समुदायको हक र अधिकार प्राप्तिका लागि महासंघले निर्वाह गर्नुपर्ने भूमिकालाई सशक्त रुपमा अगाडी बढाउनुपर्ने सम्बन्धमा आ–आफ्नो राय, सल्लाह सुझावहरू राख्नुभएको कुरा जनाइएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...