३१ वैशाख । कोहलपुरको सेन्ट जोसेफ क्याथोलिक चर्चमा अज्ञात समूहद्वारा आगजनी गराइएको एक साता नबित्दै नेपालका विभिन्न जिल्लामा रहेका चर्चहरूमाथि आगजनी तथा बम बिस्फोट गराउने घटनाहरू बढ्न थालेका छन् ।
गत वैशाख २७ विहिबारका राती पाँचथरको हेब्रोन चर्चमा अज्ञात समूहद्धारा आगजनी गरिएको थियो भने सुदूर पश्चिम प्रदेश नं. ७ को डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नं २ बुडरस्थित इम्मानुएल चर्चमा पनि त्यही प्रकृतिको घटना घटेको थियो, त्यहाँस्थित इम्मानुएल चर्चमा अज्ञात समूहद्वारा आगजनी गरिएको समाचारमा जनाइएको छ ।
bomb-blast-in-nepali-Church-in-nepal.त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नं.०४ तारानगरस्थित महिमा चर्चमा गत शनिबारका राती करिव एघार बजे अज्ञात समूहद्वारा बम विस्फोट गराइएको खबर प्राप्त भएको छ, त्यस बम विस्फोटबाट मानविय क्षति चाहिँ नभएको बताइएको छ । उक्त चर्चका पास्टर विरेन्द्र करियाका अनुसार गत शनिबार (२९ वैशाख) राती करिव एघार बजे एक अज्ञात समूहले चर्चको भ्याल फोडी चर्चभित्र प्रवेश गरी कुकर बम प्रहार गरी फरार भएको बताउनु भएको छ ।
त्यस्तै गत २७ गते अज्ञात समुहले आगजनी गरिएको पाँचथरको चतुरेमा रहेको हेब्रोन चर्चमा एन्.सि.एफ. नेपालको एक टोलीले स्थलगत निरीक्षण गरी तत्काल राहत स्वरुप रु.३००००/ प्रदान गरेको छ।। त्यस चर्चका पाष्टर हस्तराज लिम्बूले आगजनीबाट रु.३७५०००/- बराबरको धनमाल नष्ट भएको कुरा सो टोलीलाई बताउनुभयो। सो टोलीले इलाका प्रहरी कार्यालय, फिदिमका प्रहरी नायव उपरीक्षक बामदेब गौतमलाई भेट गरी अनुसन्धानको प्रगतिका बारेमा जानकारी लिनुका साथै अनुसन्धान सकृयताका साथ र निस्पक्ष तरिकाले गर्न अनुरोध गरेको छ। भेटमा प्रहरी नायब उपरीक्षक बामदेब गौतमले अनुसन्धान भइरहेको जानकारी दिदै अपराधीलाई छिट्टै पक्राउ गरिने बताउनुभयो । सो स्थलगत निरीक्षण टोलीमा एन्.सि.एफ. नेपालका केन्द्रीय उपाध्यक्ष पाष्टर बीरबहादुर कार्की, सह सचिव पाष्टर हिमाल जोसेफ राई, महिला बिभागको केन्द्रीय अध्यक्ष शुभला कार्की, १ नं. प्रदेश अध्यक्ष पाष्टर विकास राई, उपाध्यक्ष पाष्टर गंगा आले, सदस्य चन्द्रा मादेन हुनुहुन्थो । आगजनीले पुलपिटको भाग क्षति पुर्याउनुका साथै, संगीत सामग्री, कार्पेट, पर्दालगायतका सामग्री पुर्णरुपमा जलेको छ। स्थलगत निरीक्षण पश्चात देश विदेशमा रहेका मण्डली तथा बिश्वासीहरूलाई प्रार्थनाका साथ आर्थिक सहयोग गर्न एन्.सि.एफ. नेपालका केन्द्रीय सह सचिव पाष्टर हिमाल जोसेफ राईले आग्रह गर्नुभएको छ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४