२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एजीको ३ नं.प्रादेशिक युवा सम्मेलन सम्पन्न

काभ्रे /मिति २०७५, बैशाख १६ देखि १८ गते सम्म रोफेका नवजीवन चर्च बनेपामा १३ वटा जिल्लाका १५० जना युवा अगुवाहरूको बीचमा भव्यताका साथ ३ नं. प्रादेशिक युवा सम्मेलन भव्यताका साथ सुसम्पन्न भयो । स्थानीय मण्डलीका संगीत झुण्डका सिर्जना प्रधानले स्तुतिप्रशंसा र आराधनामा अगुवाई गर्नुभएको थियो । सोही चर्चका युवाहरुले विशेष गीत र नृत्यबाट सबैलाई स्वागत गरेका थिए । कार्यक्रम पा.शिलास रम्तेलद्वारा उद्घोषण भएको थियो । गौतम बज्राचार्यले शुरुको प्रार्थना गर्नुभएको थियोे । विश्वास सुनुवारले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रम संयोजक समयकुमार रम्तेलले सम्मेलनको उद्देश्य र एजी युवा सेवाकाईको परिचय प्रकाश पार्नुभएको थियो । सम्मेलनका वक्ता राहुल क्षेत्रीले सम्मेलनको उद्घाटन गरी हृदयस्पर्शी वचन बोल्नुभएको थियो । वचन पश्चात आशिषको प्रार्थना गर्नुभई उद्घाटन समारोह सम्पन्न भएको थियो । यस सम्मेलनका वक्ताहरूमा राहुल क्षेत्री, शान्ता क्षेत्री, रेभ.पा. ज्योतिकुमार सुनुवार, समय कुमार रम्तेल, रेभ.मन रुपाचा र पा. रेशमकुमार सुनुवार हुनुहुन्थ्यो । सम्मेलनको शिर्ष विषय परमेश्वर नै ख्रीष्ट येशूमा तिमीहरुको जीवनको स्रोत हुनुहुन्छ । सम्मेलनमा परमेश्वर जीवनको स्रोत, युवा सेवकाई, परमेश्वरको भय, ख्रीष्टियन जीवनको आधार, अगुवा र अगुपावन, पुस्तान्तरमा पुल निर्माण लगाएत युवासँग सम्बन्धि बिषयहरुमा विभिन्न बक्ताहरुबाट कक्षाहरु भएका थिए ।

यो सम्मेलन पृथक शैली, नयाँ बिषयहरू, महत्वपूर्ण र आशिष्मय भएको कुरा कार्यक्रम संयोजक लगाएत आयोजक मित्रहरूले बताउनु भयो । ३ दिनको उक्त सभामा वचनको सेवकाइ ८ वटा भएको थियो । प्रत्यक कक्षामा बाइबल अध्ययन तथा युवाहरूको विषयमा अन्तरक्रिया भएको थियो । सिकाइएका विषयहरूमा सजिलै बुझ्न र टिपोट गर्न सकेका थिए । सम्मेलन युवाहरूको लागि स्रोत केन्द्र बनेको थियो । व्यवहारीक र प्रभावकारी प्रचार भएको थियो । जसको फल स्वरुप जवानहरू उत्साहीत भएकाछन् । दोस्रो दिन मध्यमाञ्चल युवा सेवाकाईको वार्षिक प्रगति प्रतिवेदन २०७४ बारेमा समयकुमार रम्तेलले प्रस्तुत गर्नुभएको थियो । पैसा भन्दा सेवाकाई ठूलो भन्ने बिषयमा बादविवाद प्रतियोगिता भएको थियो । जसको लागि ८ जनाले भाग लिएका थिए । सो कार्यक्रमको लागि समय कुमार रम्तेल, विश्वास सुनुवार र राहुल क्षेत्रीले निर्णायकको भूमिका निभाउनु भएको थियो । जसमा प्रथम सागर परियार, द्वितिय एलिना तामाङ र तृतिय मञ्जु सुनारलाई कार्यक्रम संयोजकले उपहार प्रदान गर्नुभएको थियो । त्यसैगरी प्रतिभा साथसाथै उप क्षेत्रीय युवा समितिहरुबाट प्रतिवेदन प्रस्तुत भएको थियो । सो सम्मेलनमा आशिषमय वचन, गेम, भिडीयोग्राफी, नृत्य र गीतले सबै यूवावर्गमा मनोञ्जनका साथमा आशिष्मय सन्देशहरू प्राप्त गरेको कुरा सहभागीहरूले बताएका छन् । सम्मेलनको तेस्रो दिन सम्मेलनको समापन र सि.ए.सि. एजी युवा संगति काभ्रेको आत्मिक जागृति युवा मिसन सम्मेलन पनि भएको थियो । विभिन्न जिल्ला तथा उपक्षेत्रीय युवा समितिहरूबाट प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । जागृति सभामा सि.ए.सि. संगित झुण्डबाट आराधना र विशेष गीत प्रस्तुत भएको थियो । चितवनबाट नाटक, पाँचखालबाट विशेष गीत र नृत्य, बिलीग्राहमको डकुमेन्ट्रि र गायक माइकल सिन्हाको समुहबाट बिशेष गीत प्रस्तुत भएको थियो । आत्मिक युवा जागृति मिसन सम्मेलनमा सबैजना गरी ३५० जना युवाहरुको सहभागीता रहेको समारोहमा रेभ.पा.रेशम कुमार सुनुवारद्वारा वचन बोल्नुभएपछि मायाको चिनो प्रदान गरिएको थियो । प्रचारकहरूलाई तथा सहभागी युवाहरूलाई कार्यक्रम संयोजक र उपाध्यक्ष प्रशंसा पाण्डेबाट प्रमाणपत्र वितरण गर्नुभएको थियो । विश्वास सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो समापन समारोहमा समय कुमार रम्तेललाई सि.ए.सि.काभ्रेको तर्फबाट एजिएन युवा सेवाकाई र ख्रीष्टिय राजदूत बुलेटिन प्रकाशनमा पु¥याउनु भएको योगदानको कदरस्वरुप सम्मान गरिएको थियो । संयोजकले सबैलाई धन्यवाद दिनुभए पछि आशिषको प्रार्थना पश्चात कार्यक्रम विसर्जन भएको थियो ।

—समयकुमार रम्तेल

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...