२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाल ख्रीष्टियन समाजले सरकारको ध्यानाकर्षण गरायो…

पछिल्लो समयमा विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल ख्रीष्टियन समाजको एक प्रतिनिधिमण्डलले हालैका दिनहरूमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री शेरबहादुर तामाङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको खबर छ । धर्मनिरपेक्ष राष्ट्रमा ख्रीष्टियनहरू लगायत सबैलाई स्वतन्त्ररूपमा धार्मिक अभ्यास गर्न दिइनुपर्ने माग राख्दै सो प्रतिनिधिमण्डल उच्चपदस्थहरू कहाँ पुगेको थियो ।

प्रतिनिधिमण्डलले डेबिट तामाङको नाममा आएको झुटो विज्ञप्तिको बारेमा गृहमन्त्री थापाको गम्भीर ध्यानाकर्षण गराएको थियो । अफवाह फैलाएर ख्रीष्टियनहरूलाई अपराधी सावित गर्दै धार्मिक हिंसा भड्काउने उद्देश्यका साथ आएको यस्तो विज्ञप्ति लेख्ने मान्छेलाई यथासिघ्र कानुनको दायरामा ल्याउन पनि प्रतिनिधिमण्डलले नेपाल सरकारसमक्ष माग गरेको थियो । यसका साथै पूर्वको विराटनगरमा घटेको गोलीकाण्डलाई लिएर सुनियोजित तरिकाले ख्रीष्टियनहरूलाई दोष लगाउने काम भएको प्रति पनि नेपाल सरकारको ध्यानाकर्षण गराइएको जनाइएको छ ।

नेपाल ख्रीष्टियन समाजका उपाध्यक्ष कुबेर गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा समाजका महासचिव डिल्लीराम पौडेल, सचिव मुकुन्द शर्मा, विपी खनाल, राम देवकोटा, अशोक प्रधान, अधिवक्ता गणेश श्रेष्ठ लगायतका व्यक्ति हुनुहुन्थ्यो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...