२०८२ बैशाख ५, शुक्रबार
2025 April 18, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रस्तावित राष्ट्रिय सदाचार नीतिका सम्बन्धमा महासंघको छलफल तथा प्रार्थना कार्यक्रम सम्पन्न।

११ बैशाख, २०७५ । आज राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा क्वाईनोनिया पाटन मण्डलीमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्रस्तावित राष्ट्रिय सदाचार नीतिका सम्बन्धमा पास्टर अगुवाहरूसँग वृहत छलफल तथा प्रार्थना कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघका उप–महासचिव पा. चन्द्रमान नेपालीले संचालन गर्नुभएको कार्यक्रममा महासचिव पा. पदमनाथ पराजुलीले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने उप–महासचिव तथा प्रवक्ता पा. सागर वैजूले विषयवस्तु प्रवेश गराउनु भएको थियो । सो क्रममा उहाँले सदाचार नीतिको सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । क्वाईनोनिया पाटन मण्डलीका वरिष्ठ पा.रेभ. डा. मंगलमान महर्जन, नेपाली इसाई मण्डली ज्ञानेश्वरका पा. शामुएल डन कार्थक, वि.पि. खनाल, पा. नवराज पन्त, महासंघका सहअध्यक्ष डा. फिलेमोन क्षेत्री, उपाध्यक्ष शामुएल सोदेम्बा, राइज एण्ड साइनका साविना चाम्लिङ, नेपाल ख्रीष्टिय राहत सेवाका कार्यकारी निर्देशक रोमी के.सी. मगर लगायतका व्यक्तिहरूले अहिलेको जटिल परिस्थितिमा सबै जना मिलेर एक भई प्रार्थना सहित अगाडि बढ्नु पर्ने सुझाव दिनुभएको थियो । त्यसैगरी महासंघका अध्यक्ष सि.वि. गहतराजले नेपाली इसाई समुदायको हकहितका लागि महासंघ लागि परेको हुँदा सबैको साथ, सहयोग र प्रार्थना गरिदिनुहुन सबैलाई अनुरोध गर्नुभयो । उहाँले अहिलेको अवस्थामा हामी ख्रीष्टियन समुदायलाई योजनावद्ध रुपमा आक्रमण भइंरहको हुँदा सबैजना सजग रहन पनि आग्रह गर्नुभएकोे थियो ।

कार्यक्रममा उपस्थित पास्टर तथा अगुवाहरूले महासंघले इसाई समुदायको सयुक्त आवाजलाई लिएर अगाडि बढेको हुँदा सबैको साथ र सहयोग रहने बताएका थिए । साथै छलफलमा अहिलेको जटिल परिस्थिति र समस्याहरूको निम्ति प्रार्थना पनि गरिएको थियो । जसको अगुवाइ उपाध्यक्ष रेभ. रिन्जी लामाले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...