२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

उद्यमीहरूका निम्ति दश आज्ञा नामक पुस्तक विमोचन

दिनेश श्रेष्ठ – ललितपुर, चैत्र–९ । स्विस उद्यमी तथा प्रशिक्षक मारियो बु्ल्ह्मनद्वारा लिखित संसारभरि प्रसिद्ध भएको ख्रीष्टियन मुल्यमान्यतामा आधारित एक व्यवसायिक पुस्तक “उद्यमीहरूका निम्ति दश आज्ञा” नामक पुस्तक ललितपुरस्थित एक होटलमा हिजो चैत्र ८ गतेका दिन एक समारोहकाबिच विमोचन गरिएको छ ।

कर विभागका प्रमुख, माइती नेपालका प्रतिनिधि, नगर क्षेत्रका प्रतिनिधि, पत्रकार तथा नेपाली उद्यमीहरूको उपस्थितिमा हिमालय होटलमा उक्त पुस्तक विमोचन गरिएको हो । उद्यमीहरूको निम्ति दश आज्ञा पुस्तकको विमोचन प्रोफेसर तथा लेखक मारियो बु्रल्ह्मन, प्रोजेक्ट म्यानेजर ग्यालस ट्यानहेमर र शान्ति नेपालका निर्देशक डा. कृष्णमान शाक्यको हातबाट विमोचन गरिएको थियो ।

कमका प्रोजेक्ट म्यानेजर गालस ट्यानहेमरले उक्त पुस्तकको महत्व तथा उपयोगिताबारे स्पष्ट पार्दै गरीबी हटाउने र मानिसहरूप्रति प्रेमको चर्चा यस पुस्तकले गर्ने कुरा बताउनु भएको थियो । चर्चित गायिका अञ्जु पन्तले तीन वटा गीत प्रस्तुत गर्दै परमेश्वरप्रति कृतज्ञतासहितको संक्षिप्त भनाइ राख्दै प्रशस्त मनोरञ्जन गराउनुभएको थियो साथै दुई जना बहिनीहरूले प्राणभन्दा प्यारो मेरो माइती घर बोलको सदाबहार गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । लेखक मारियो बु्रल्ह्मनले आफूले लेखेको यस पुस्तकको चर्चा गर्दै आफूले चर्चको प्रवचन सुनेपछि उद्यमीको लागि पुस्तक लेख्न प्रेरणा मिलेको कुरा बताउनुभयो ।” उहाँ विभिन्न देशहरूको व्यवसायिक तालिमहरू दिने शिक्षक हुनुहुन्छ । कम नेपालका निर्देशक आशिष खड्काले मारियो बु्रल्ह्मनको मन्तव्यलाई अनुवाद गर्नुभएको थियो भने अनुवादक तथा सम्पादक विदुर अधिकारीले गालस ट्यानहेमरको मन्तव्यलाई अनुवाद गर्नुभएको थियो । प्राध्यापक सुवर्ण गिरीले पुस्तकको समीक्षा गर्दै यसमा गहिरा व्यावसायिक रणनीतिहरू सरल र रोचक ढंगमा प्रस्तुत गरिएको छ, म पनि यस्तै विधि अपनाएर शिक्षण गर्नेछु, सम्भव भएमा यो पुस्तक अध्ययन गर्न आफ्ना विद्यार्थीहरूलाई प्रेरित गर्ने कुरा राख्दै यस पुस्तकले नेपालमा कयौं मारियो बु्रल्ह्मन जन्माउन सकोस् भन्ने सुभेक्षा राख्नुभयो ।

मालती राई पाण्डेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पास्टर जिरमान राईले शुरुको प्रार्थना गर्नुभएको थियो, त्यसपछि राष्ट्रिय गान गाइएको थियो अनि कम नेपालका निर्देशक आशिष खड्काले स्वागत मन्तव्य राख्नुहुँदै कम नेपालले नेपालमा कसरी काम गरिरहेको छ भन्ने बारेमा बताउनु भएको थियो । याद रहोस्, यस कम नेपालले केही वर्षदेखि व्यवहारिक व्यवसायिक तालिमहरू दिदै आइरहेको छ । पुस्तक विमोचन कार्यक्रमभन्दा पहिले विहान ९ बजेदेखि ३ बजेसम्म मेन्टोर्सको तालिम पनि दिइएको थियो । कार्यक्रमको अन्तमा कम नेपालका अफिसर रेबिका तामाङले सबैलाई धन्यवाद दिनुभएको थियो । त्यस लगत्तै समापनको प्रार्थना पास्टर हिरा श्रेष्ठले गर्नुभएको थियो ।

अन्त्यमा, लेखक मारियोले पुस्तकमा हस्ताक्षर गर्नु भई उपस्थित सबै जनालाई एक एक प्रति पुस्तक उपलब्ध गराइएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...