मार्था राई, इम्मानुएल एक्लेसियाले आफ्नो स्थापनाको पच्चिसौं वर्ष पूरा गरेको अवसर पारी आयोजना गरेको रजत महोत्सव – २०७४ कार्यक्रम गत फाल्गुन १६–१८ गते ९ँभद द्दड ( ःबचअज द्द, द्दण्ज्ञड० सम्म इम्मानुएल एक्लेसिया टिकापुरमा भव्यरूपमा सम्पन्न गरेको छ । समारोहमा मुख्य अतिथि रेभ. थोमस भर्गीस, रेभ. पी.चाल्र्स र पा. हर्क खड्का हुनुहुन्थ्यो । यस २५ औं वार्षिक उत्सवको विषय ९न्यम ष्क ाबष्तजागस् िीभतुक तबपभ तजभ mष्ककष्यल० भन्ने बारेमा अब्राहामको विश्वासयोग्यता, जसद्धारा परमेश्वरको प्रतिज्ञा (मिशन) पूरा गर्ने काम गरे ।
मिशन भनेको ख्रीष्टको मुटु र संसारभरि हराएकाहरूको आशा र मण्डलीको स्वस्थ्य हो । मण्डलीहरू मिशन बिना जिवन्त हुँदैन । भजनसंग्रह ३३ः४, मिशनका सरल स्वभाव धन्य ५ः१५–१६ आराधना, सेवकाइ, सुसमाचार, सङ्कति, चेलापन (मत्ती २८ः१९) हुन् । यिनै कुरा लिएर जाने समय हो । यो प्रभुको आज्ञा हो, वैकल्पिक होइन –यो बाध्यकारी हो । चुनौति अवश्य छन् तर नाघेर जाने हिम्मत गर्ने चेला नै वास्तविक चेला हो । यस कार्यक्रममा इम्मानुएल एक्लेसियाको स्मारिका जो आत्मिकी सन्देशले पनि भरिपूर्ण छ, विमोचन गरियो साथै सोनाहा भाषाको नयाँ करार बाइबल पनि यसै अवसरमा प्रथम पटक विमोचन गरियो ।
इम्मानुएल एक्लेसियालाई स्थापनाकालदेखि नै आत्मिक, भौतिक, आर्थिक वा हरप्रकारले सहयोगी बन्नु हुने परमेश्वरका दासहरूलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । स्थापनाकालको सदस्यहरूलाई पनि सम्मान दिनुका साथै हाल कार्यरत पास्टर र एल्डरहरू, जो कोरिया, मलेसियामा मिशनरीका रूपमा कार्यरत हुनुहुन्छ र कैलाली, बर्दिया, बाँके, सुर्खेत र काठमाण्डौंमा काम गरिरहनुभएका सेवकहरूलाई पनि कदर पत्रले प्रोत्साहन गरिएको थियो । त्यस इम्मानुएल एक्लेसियाको संस्थापक तथा वरिष्ठ पास्टर फिलिप सुवेदी हुनुहुन्छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४