२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघले राष्ट्रिय भेला सुर्खेतमा गर्दै

६ चैत २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रिय कार्यकारी समितिको बैठक आज चैत्र ६ गतेका दिन महासंघका अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा बैठक बसेर आगामी बैशाख १७ गतेदेखि १९ गतेसम्म महासंघको राष्ट्रिय भेला सुर्खेतमा गर्ने निर्णय गरेको छ ।

सो बैठकले आउँदो वैशाख १७–१९ गतेसम्म सुर्खेतमा महासंघको राष्ट्रिय भेला गर्ने सर्वसम्मतले निर्णय गर्दै सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय भेला मुल आयोजक समिति पनि गठन गरेको हो । जसमा सदस्यहरू महासचिव पा. पदमनाथ पराजुली, उपमहासचिव पा. चन्द्रमान नेपाली, महिला विभागका प्रमुख तथा केन्द्रिय सदस्य डोमा राई, सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरिया, पा. उदयराज भाट, पा. किरण दास, कोषाध्यक्ष पा. धन बहादुर थापा र सह–कोषाध्यक्ष पा. इन्द्र बहादुर बस्नेत रहनुभएको जनाएको छ । साथै भेला सह–संयोजक तथा ६ नम्बर प्रदेश प्रमुख उपाध्यक्ष पा. पदम गैरेलाई कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ भने भेला सह–संयोजक तथा संगठन विभाग प्रमुख उपाध्यक्ष पा. जित बहादुर भित्राकोटीलाई प्रचारप्रसारको जिम्मेवारी प्रदान गरेको छ ।

सो विशेष केन्द्रिय कार्यकारी समितिको बैठकले विगत वर्षहरूमा जस्तै: यस वर्ष पनि काठमाण्डौँ उपत्यकामा रहेका ख्रीष्टियन समुदाय (चर्चहरू) को संयुक्त आयोजनामा आगामी चैत्र १८ गते खुल्लामञ्चमा हुन गइरहेको पुनरुत्थान (इष्टर) महोत्सव २०१८ भव्यताका साथ मनाउन लागिएकोले आ–आफनो क्षेत्रका स्थानीय मण्डलीबाट शान्ति पदयात्रामा सहभागी भई महोत्सवलाई सफल बनाउन सबैलाई हार्दिक अनुरोध गरेको छ ।

बैठकमा हङकङ्गका सदभावदूत तथा हङकङ्ग नेपाली ख्रीष्टियन काउन्सिलका अध्यक्ष पा. जेम्स गुरुङले नेपालमा महासंघले ख्रीष्टियन समुदायको हक, अधिकार र अस्तित्व पहिचान गराई स्थापित गराउन खेल्दै आएको कामको प्रशंसा गर्नुभएको थियो । साथै आगामी दिनमा महासंघसँग सहकार्य र समन्वयकारी भुमिका निर्वाह गर्ने कुरा समेत उहाँले बताउनुभएको थियो । उक्त बैठकको उपमहासचिव पा. चन्द्रमान नेपालीले संचालन गर्नुभएको थियो भने सह–अध्यक्ष रेभ. फिलेमोन क्षेत्री सुरुको प्रार्थना गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...