२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एसेम्ब्लिज अफ गड नेपाल (ए.जी.एन) को महासभा सम्पन्न

गत फाल्गुन महिनाको २१ देखि २४ गते सम्म सुनसरी जिल्लाको इटहरीस्थित शालोम ए.जी. आराधना केन्द्रमा एसेम्बलिज अफ गड नेपाल (ए.जी.एन.) को महासभा -२०७४ सम्पन्न भएको छ ।

जहाँ देशभरिबाट १२०० मण्डलीहरूबाट प्रतिनिधिका रूपमा पास्टर तथा अगुवाजनहरूको सहभागिता रहेको थियो । उक्त सभामा भारत ए.जी.का सुपरिटेन्ड़ेन्ट रेभ.डा.पास्टर डी. मोहनले वचनको सेवा गर्नुभएको थियो । उक्त भेलाले आगामी ३ वर्षको लागि नयाँ केन्द्रिय कार्य समिति चयन गरेको जानकारी प्राप्त भएको छ, जसमा अत्याधिक बहुमतले कलबरी चर्च धनगढीका वरिष्ठ पास्टर जोसेफ श्रेष्ठलाई अध्यक्षका रूपमा निर्वाचित हुनुभएको खबर प्राप्त भएको छ ।

सो महासभाको कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना दिनुभएको थियो । एनसिएसका महासचिव डिल्लीराम पौडेलले शुभकामना तथा प्रार्थनामा अगुवा गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...