२०८२ फाल्गुन २३, शनिबार
2026 March 7, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सुसमाचार तथा इष्टर महोत्सव २०७४ आयोजना गरिदै

काठमाडौं, चैत्र ४, २०७४। विश्वव्यापी रुपमा स्वीकार गरिदै आएको एउटा सत्य घटना येशू ख्रीष्ट मृत्युबाट तेस्रो दिन आइतबारका दिन चिहानबाट जीवित हुनुभएको हो । जुन घटनालाई इष्टर सन्डे अर्थात येशू ख्रीष्टको पुनरूत्थान महोत्सव भनेर मनाउने गरिन्छ ।

येशू ख्रीष्टमा विश्वास गर्नेहरूले येशू ख्रीष्‍ट मृत्युबाट पुनरुत्थान हुनुभएको घटनालाई संसारभरि सबै मानिसहरूलाई सुनाउने काम गर्दछन्। येशूमा विश्वास गर्नेहरूले उद्धार, मुक्ति र अनन्त जीवन पाउने कुरा विश्वमा रहेका विभिन्न भाषा, जाति क्षेत्रका चर्चहरूले प्रचारप्रसार गर्दै आएका छन् । जसरी ख्रीष्ट येशू पुनरुत्थान हुनुभयो र जीवितै स्वर्ग उचालिनुभयो, त्यसैगरी येशू ख्रीष्ट फेरि यस संसारमा आउँदै हुनुहुन्छ भनि बाइबलले सन्देश दिन्छ ।

यही शुभअवसरमा काठमाडौं उपत्यकाका चर्चहरू र डीसिएमआइ, नेपालको आयोजनामा आगामी चैत्र १९ र २० गतेका दिनहरूमा सुसमाचार तथा इष्टर महोत्सव २०७४ जावलाखेल सेन्ट जेभियर्स मैदानमा भव्यरुपमा मनाउने कार्यक्रम रहेको छ । सोही अवसरमा राजधानीमा भएका चर्चका सम्पूर्ण विश्वासीहरूलाई आफ्ना छिमेकीहरूकासाथ सहभागी हुन आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...