२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

काठमाडौंमा ख्रीष्टियन मिडिया समिट – २०१८ सम्पन्न

२ चैत्र ०७४ । काठमाडौं लगायत देशका केही ख्रीष्टियन मिडिया र अमेरिकास्थित ख्रीष्टियन प्लेटफोर्मको संयुक्त आयोजनामा गत फागुन २९ गते मंगलबारका दिन राजधानी काठमाडौंमा सफलतापूर्वक ख्रीष्टियन मिडिया समिट २०१८ सम्पन्न भएको छ । उक्त सम्मिटमा नेपालमा रहेका विभिन्न खीष्टियन मिडिया हाउसबाटका करिब सत्तरी जना प्रतिनिधिहरूको भेलाले विभिन्न पाँच विषयमा आधारित रही गरिएको छलफलले पाँच वुँदे निष्कर्ष निकालेको छ ।

देश तथा विदेशका रहेका नेपालीभाषी मिडियाहरूलाई समेटेर सुव्यवस्थित गर्नु र नेपाली मिडियाको सञ्जाल निर्माण गर्नु खाँचो रहेको निष्कर्ष सो भेलाले निकालेको हो । सो समिटमा तुरही पत्रिकाका प्रमुख संवाददाता सुनिलराज लामाले आमन्त्रितहरूलाई स्वागत गर्नुभएको थियो । अमेरिकास्थित ख्रीष्टियन प्लेटफोर्मका अध्यक्ष तथा संस्थापक अब्राहाम दियालीले मिडिया समिट आयोजना हुनुको उद्देश्यका वारेमा प्रकाश पार्नुभयो भने सामाजिक अभियन्ता तथा पत्रकार थिर के.सी.ले वचनबाट उत्साह दिनुभयो । वचन पत्रिकाका प्रकाशक विश्वास थापाले सामुहिक छलफललाई अगुवाइ गर्नुभएको थियो । पाँच समुहमा विभाजित भई पाँच विषयमाथि गहन छलफल गरिएको थियो भने त्यसैगरी विभिन्न पाँच वटा बुँदामा सामुहिक छलफलबाट आएको निष्कर्ष पत्रकार भुवन देवकोटाले वाचन गरेर सुनाउनुभएको थियो ।

सो मिडिया समिटमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वि.गहतराज, नेसनल चर्चेज फेलोसिप अफ नेपालका अध्यक्ष रेभरेण्ड हनोक तामाङ, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठ, आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरी र सामाजिक अभियन्ता राजेन्द्र पौडेलले बधाई तथा शुभकामना मन्तब्य राख्दै आगामी दिनमा ख्रीष्टियन मिडियाले समाजमा असल सन्देश दिंदै सत्य तथ्य समाचारमा केन्द्रित रही समाचार संलेश्षण गर्न सकोस् भन्ने कामना दिनुभएको थियो ।

पास्टर चन्द्रमान नेपालीले शुरुको प्रार्थना गरी सुरु गरिएको समिट कार्यक्रमलाई गुड न्यूज एफएमका प्रोग्राम कोअडिनेटर कुमार सिंह विष्टले सञ्चालन गर्नुभएको थियो भने अन्तमा युवा दर्शन पत्रिकाका प्रमुख तथा संस्थापक दिनेश श्रेष्ठले कार्यक्रममा सहभागी सवैलाई धन्यवाद दिनुभएको थियो । त्यस लगत्तै रेभरेण्ड शामुएल सोदेम्बाले अन्तिम आशिषको प्रार्थना गर्नु भएपछि सो समिट समापन गरिएको थियो ।

छलफलका निष्कर्षहरूः

१. साझा अन्तर्राष्ट्रिय मञ्च गठन गरेर स्रोत, साधन, तालिम, अनुभव, सृजनाको आदानप्रदान, प्रतिलिपि अधिकारको सम्मान, नियमित भेटघाट, सम्मान कार्यव्रmम र दोहोरो व्यवहारिक सहयोग, बजार व्यवस्थापन, संसारभरका नेपाली सञ्चारकर्मी र सञ्चारसँग सहकार्य, ख्रीष्टियन सरोकारको विषयमा संयुक्त आवाज बन्ने ।

२. सबल सञ्जाल, सुसमाचार प्रचार, मण्डलीलाई सबलीकरण, मिडिया र प्रतिभाको खोजी र व्यवस्थापन, तालिम र अनुभव आदानप्रदान गर्ने ।

३. मिडियालाई व्यावसायिक स्तरीय उत्पादन, पेशागत विकास, पुरस्कार तथा प्रोत्साहन, मण्डली र संस्थाले प्रायोजन, प्रार्थना, देशविदेशका व्यवसायीहरूलाई प्रोत्साहन, जीविकोपार्जनको माध्यम बनाउने ।

४. संस्थागत रूपमा तालिम, काम र पारिश्रमिक, स्थापित मिडियासँग सहकार्यमा तालिम र रोजगारी, अनलाइन तालिम दिएर नवप्रवेशीहरूलाई उत्प्रेरणा दिने ।

५. अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गर्न सम्भव र आवश्यक छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...