खीष्टियन खबर । काठमाडौं । गत वर्षहरू झैं यस वर्ष पनि काठमाडौं उपत्यकाका सम्पूर्ण चर्चहरूको संयुक्त आयोजनामा काठमाडौंको खुल्लामञ्चमा इस्टर महोत्सवको आयोजना गर्ने सहमति भएको छ ।
गत मंगलबारका दिन ललितपुरको कुमारीपाटीस्थित क्वाइनोनिया चर्चमा बसेको समायोजन समितिको बैठकले रेभरेण्ड सिमोन पाण्डेको संयोजकत्वमा समायोजन समितिका सदस्यहरू बीच भएको लामो छलफलपछि आसन्न इस्टर महोत्सव सामुहिक रुपमा मनाउने निर्णयमा पुगेको कुरा समायोजन समितिका सदस्य पास्टर सागर बैंजुले हामीलाई बताउनु भएको छ । स्मरण रहोस्, सो समायोजन समितिमा रेभरेण्ड सिमोन पाण्डे, रेभरेण्ड प्रकाश सुब्बा, रेभरेण्ड ईशुजंग कार्की, पास्टर पदमनाथ पराजुली, एल्डर शेर एसी, पास्टर राजेन्द्र मल्ल र पास्टर सागर बैंजु रहनु भएको थियो ।
सो समायोजन समितिले रेभरेण्ड सिमोन पाण्डे अध्यक्ष रहने गरी इस्टर महोत्सव काठमाडौं नेपालको आयोजक समिति चयन गरेको हो । सो महोत्सव भब्य रुपले सम्पन्न गर्नका लागि सह–अध्यक्षमा रेभरेण्ड फिलेमोन क्षेत्री, रेभरेण्ड राजेन्द्र मल्ल, रेभरेण्ड ज्योति कुमार सुनुवार, रेभरेण्ड शामुएल सोदेम्बा र रेभरेण्ड रेञ्जी लामा रहनुभएको छ । त्यसैगरी उपाध्यक्षमा पास्टर राजु सुन्दास, पास्टर शामुएल कार्थक र पास्टर रुपनारायण तिमिल्सिना रहनु भएको छ ।
इस्टर महोत्सव आयोजक समितिको संयोजकमा पास्टर पदमनाथ पराजुली हुनुहुन्छ भने सह–संयोजकमा पास्टर सागर बैंजु, पास्टर चन्द्रमान नेपाली, पास्टर रबिन बैद्य र पास्टर के.वि.सुनुवार हुनुहुन्छ भने सचिवमा एल्डर शेर एसी, पास्टर हर्क खड्का, पास्टर साम पौडेल र पास्टर किरण दास हुनुहुन्छ । त्यसैगरी कोषाध्यक्षमा पास्टर जे .वि. भित्राकोटी र पास्टर विश्वदेव खड्का हुनुहुन्छ र सह–कोषाध्यक्षमा पास्टर रामकृष्ण आले, पास्टर हेम जर्घा मगर र पास्टर हेम थापा हुनुहुन्छ भने संगीत तथा क्वायरको जिम्मेवारी पास्टर शामुएल डन कार्थकलाई दिइएको छ । त्यसैगरी सह–सचिवमा पास्टर विर वहादुर तामाङ हुनुहुन्छ । आयोजक समितिका संयोजक पास्टर पदमनाथ पराजुलीका अनुसार सह–सचिव तथा अरु पदहरूमा अन्य पास्टरहरूलाई पनि समेटिने छ ।
इस्टर महोत्सव तथा पुनरुत्थान महोत्सव आयोजक समितिका अध्यक्ष रेभ. पास्टर सिमोन पाण्डेले खुल्लामञ्चमा आयोजना हुन गइरहेको आसन्न इस्टर महोत्सवमा राजधानीका सम्पूर्ण मण्डलीहरूलाई एकसाथ सहभागी भई आशिषमय प्रकारले सम्पन्न गर्नु पर्छ भन्नुहुँदै उहाँले येशुको पुनरुत्थान महोत्सव सवै मण्डलीहरू मिलेर संयुक्त रुपमा मनाउँदै हामी ख्रीष्टियनहरू एक छौं भन्ने सन्देश दिई येशु पुनरुत्थान हुनुभएको घोषणा गर्न उपत्यकाका सम्पूर्ण चर्चहरूलाई सहभागी हुन आब्हान गर्नुभएको छ ।
इस्टर महोत्सव काठमाडौं नेपाल आयोजक समितिका संयोजक पास्टर पदमनाथ पराजुलीले आसन्न इस्टर महोत्सवमा राजधानीका सम्पूर्ण चर्चहरू सहभागी भई भब्य र सभ्य प्रकारले सबै मिलेर एकसाथ मनाउन सबै चर्चहरूलाई आब्हान गर्नु भएको छ । इस्टर महोत्सव काठमाडौं नेपालको आयोजक समितिको बैठक आगामी मार्च ९ तारिखका दिन बसेर आवश्यक तयारी गर्ने कुरा पनि उहाँले बताउनुभयो । स्मरण रहोस्, यस वर्षको इस्टर महोत्सव चैत १८ गते तदानुसार अप्रिल एक तारिख आइतबारका दिन परेको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४