२०८२ फाल्गुन २३, शनिबार
2026 March 7, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

वर्ड एण्ड लाइफ युथ रिभाइवल कन्फ्रेन्स सम्पन्न

गत फागुन ४ गते शुक्रबारका दिन काइनोसिस मिनिष्ट्री नेपालको आयोजना र वर्ड एण्ड लाइफ चर्च अमेरिकाको प्रायोजनमा काठमाडौंको वेथशालोम पुतलीसडक चर्चमा एक दिने वर्ड एण्ड लाइफ युथ रिभाइवल कन्फ्रेन्स सम्पन्न भएको छ ।

सम्मेलनमा वर्ड एण्ड लाइफ मिनिष्ट्री अमेरिकाका वरिष्ठ पास्टर विनय भण्डारीले आशिषमय वचन प्रचार गर्नु भएको थियो भने त्यसैगरी सम्मेलनका अर्का वक्ता भारतीय नागरिक एपोस्टल शेख शलिमले पनि अर्थपूर्ण वचन प्रचार गर्नु भएको थियो ।

यो चिल झैं उड्ने समय हो…भन्ने विषयलाई मुख्य केन्द्र वनाएर सम्मेलनका प्रमुख वक्ता पास्टर विनय भण्डारीले सहभागीहरूलाई वचनबाट उत्साहित पार्नुभयो । गत शुक्रबारका दिन विहान ८ बजेबाट सञ्चालन भएको एक दिने वर्ड एण्ड लाइफ युवा सम्मेलन अपराह्न ४ बजे समापन भएको थियो । सम्मेलनमा राजधानीमा विभिन्न चर्चबाट चार सय भन्दा वढी युवाहरू लगायत पास्टर अगुवाहरूको पनि सहभागिता रहेको थियो । सो एक दिने सम्मेलनमा सहभागी युवाहरूले यो कन्फ्रेन्स निकै आशिषमय भएको र जीवनमा जीउने ठूलो आशा पलाएको कुरा बताएका थिए ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...