२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

राजधानीमा प्रेस मिटः इस्टर महोत्सव संयुक्त रुपमा मनाउन अर्को वैठक वस्ने सहमति

दिनेश श्रेष्ठ

हिजो माघ २० गतेका दिन आसन्न इस्टर महोत्सवका सम्वन्धका बारेमा राजधानीमा एक ‘प्रेस मिट’ को कार्यक्रम सम्पन्न भएको छ । विगत वर्ष झैं यस वर्ष पनि काठमाडौं उपत्यका अन्र्तगत काठमाडौं, भक्तपुर र ललितपुरका सम्पूर्ण मण्डलीहरूको सहभागितामा आगामी इस्टर महोत्सव सामूहिक रुपमा आयोजना गर्ने सम्वन्धमा आयोजना गरिएको प्रेस मिटमा ‘उपत्यकाव्यापी इस्टर महोत्सव आयोजक समिति’ र ‘राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल’का बीच भएको छलफलमा काठमाडौंको खुल्लामञ्चमा संयुक्त रुपमा इस्टर महोत्सव आयोजना गर्ने सम्वन्धमा दुबै पक्षको आन्तरिक कुराकानी पछि बस्ने आगामी वैठकले निर्णय गर्ने सहमति भएको छ ।

सो प्रेस मिटमा ‘उपत्यकाव्यापी इस्टर महोत्सव आयोजक समिति’का प्रतिनिधिहरू र ‘राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल’का प्रतिनिधिहरूले आगामी ‘इस्टर महोत्सव’ संयुक्त रुपमा मनाउने सम्वन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

सो प्रेस मिटमा ‘उपत्यकाव्यापी इस्टर महोत्सव आयोजक समिति’का तर्फबाट संयोजक पास्टर राजेन्द्र मल्ल र ‘राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल’ तर्फबाट इस्टर महोत्सव संयोजन गर्नका लागि बनेको समन्वय समितिका संयोजक पास्टर चन्द्रमान नेपालीले धारणा राख्नुभएको थियो ।

सो पश्चात पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजले आसन्न इस्टर महोत्सव सामूहिक रुपमा मनाउने र यस महोत्सवलाई उपत्यकाव्यापीमा सिमित नराखी राष्ट्रव्यापी बनाउँदै जसको अध्यक्षतामा भएपनि सँगै आफूहरू जान तयार रहेको कुरा राख्नु भएको थियो भने ‘उपत्यकाव्यापी इस्टर महोत्सव आयोजक समिति’का संयोजक पास्टर राजेन्द्र मल्लले आसन्न इस्टर महोत्सव राजधानीका सम्पूर्ण मण्डलीहरूको सहभागिता हुने गरी खुल्ला मञ्चमा आयोजना गर्न आफूहरू पनि तयार रहेको कुरा व्यक्त गर्नु भएको थियो तर सो सम्बन्धमा आफ्ना केही अग्रज पास्टर अगुवाहरूसँग उचित राय तथा सल्लाह मागेर मात्र त्यस सम्वन्धमा पुन छलफल गर्न सकिने कुरा राख्नुभएको थियो । सो प्रेस मिटमा एनसिएफका अध्यक्ष पास्टर हनोक तामाङले आफ्नो धारणा राख्दै उपत्यकाका मण्डलीहरूले विगतमा झैं यस वर्ष पनि मिलेर इस्टर महोत्सव मनाउनु पर्ने कुरालाई जोड दिनुभएको थियो । सो प्रेस मिटमा सहभागी अन्य पास्टर तथा अगुवाहरूले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो ।

राजधानीमा रहेका अधिकांश ख्रीष्टियन मिडियाहरूको संयुक्त संयोजनमा हिजो शनिबार ललितपुरको नख्खुदोबाटोस्थित एक क्याफेमा इस्टर सम्वन्धमा प्रेस मिटको आयोजना गरिएको थियो । सो पे्रस मिटको सञ्चालन तुरही पत्रिकाका कुमार सिंह विष्टले गर्नुभएको थियो । शुरुको प्रार्थना पास्टर शामुएल सोदेम्बाले गर्नुभएको थियो भने स्वागतको मन्तब्य वचन पत्रिकाका विश्वास थापाले राख्नुभएको थियो । युवा दर्शन पत्रिका र ख्रीष्टियन खबरका दिनेश श्रेष्ठले प्रेस मिटको आवश्यकता किन प¥यो र आजको यस छलफलबाट एउटा निष्कर्ष निकाल्न सहभागी पास्टर अगुवाहरूलाई अनुरोध गर्दै विषयमा प्रवेश गराउनुभएको थियो । कार्यक्रमको अन्तमा ग्रेस टाइम्स पत्रिकाका केशव लुईंटेलले सहभागी सबैलाई धन्यवाद दिनुभएपछि नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठले अन्तिम प्रार्थना गर्नुभएपछि प्रेस मिट कार्यक्रम समापन गरिएको थियो ।

नेपाली ख्रीष्टियनहरूको साझा सवालका सम्बन्धमा नेपाली ख्रीष्टियन मिडियाहरूको पहलमा भएको पत्रकार सम्मेलनमार्फत आफ्ना विचारहरू सार्वजनिक भएको नेपाली ख्रीष्टियन इतिहासमा सम्भवत यो नै पहिलो प्रेस मिट हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...