२०७४, पुस २१, काठमाण्डौं । युवा दर्शन पत्रिकाले आज आफ्नो प्रकाशनको दशौं वार्षिक उत्सव भव्यताका साथ काठमाडौंको पुतलीसडकस्थित वेथशालोम चर्चमा मनायो । विभिन्न मण्डली तथा संघसंस्थाबाट पास्टरहरू तथा संस्था प्रमुखहरू लगायत विभिन्न सञ्चारकर्मी, कलाकार लगायत अन्य महानुभावहरूको उपस्थिति रहेको थियो । आफ्नो दशौं वर्षको सफलताको यात्राको उत्सवको अवसरमा युवा दशर्नको टिमले ख्रीष्टियन अनलाइन न्यूजको लागि तयार पारेको ख्रीष्टियन खबर.कम पनि प्रमुख अतिथि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजको बाहुलीबाट उद्घाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि. गहतराजले यस पत्रिकाले १० वर्षसम्म गरेको योगदानले नेपाली ख्रीष्टियन समुदायमा विशेष गरी युवा वर्गलाई जागृत गराउन गरेको प्रयास स्रहानीय भएको भन्दै आगामी दिनमा युवा दर्शन पत्रिका र आजै शुभारम्भ भएको ख्रीष्टियन खवर डट कमले अझ सकारात्मक भूमिका खेलोस् भन्ने शुभेक्षा प्रकट गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथि रेभ. डा. सुन्दर थापाले परमेश्वरको वचनबाट उत्साहका पदहरूबाट बोल्नुहुँदै युवा दर्शन पत्रिकाले १० औं वर्षसम्म खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति गर्दै जाओस् भन्दै कामना ब्यक्त गर्नुभएको थियो । साथै अर्का विशिष्ट अतिथि राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य तथा मानवअधिकारवादी नेता डा. के.वि. रोकायाले पनि आफ्नो शुभकामना मन्तब्यका क्रममा यस पत्रिकाले खेलेको योगदान प्रेरणादायी छ भन्नुहुँदै अझ भूमिका खेल्नु जरुरी छ भन्नुभयो ।
सो कार्यक्रममा त्यसै गरी शुभकामना मन्तब्य दिने अन्य बक्ताहरूमा माईका नेटवर्कका निर्देशक थिर के.सी., सारा मिनिष्ट्रिज्का निर्देशक पास्टर तेज बहादुर रोक्का, डा. सरिता थापा, आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरी, ग्लोबल मिसन नेपालका राष्ट्रिय निर्देशक पास्टर उद्धव चिमौरिया, महासंघका प्रवक्ता पास्टर सागर बैजु, प्रयास नेपालका निर्देशक पास्टर चन्द्रमान नेपाली लगायतका बक्ताहरूले युवा दर्शन पत्रिकाको दशौं वार्षिक उत्सव मनाएको सन्दर्भमा पत्रिकाको टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै आगामी दिनमा युवा दर्शन पत्रिका र ख्रीष्टियन खवर डट कम ले समुदायको हकहित र संमृद्धिका लागि सकारात्मक भूमिका खेलोस् भन्ने शुभेक्षा प्रकट गर्नुभएको थियो ।
दशौं वार्षिक उत्सव कार्यक्रममा यस पत्रिकाले विगतमा आपूmसँग आबद्ध रहेका सबै सहयोगीहरूलाई सम्मान पत्र र हालका सहयात्री, विज्ञापनदाताहरू, सल्लाहकारहरू लगायतलाई प्रमुख अतिथि महासंघका अध्यक्ष सि.वि गहतराजको हातबाट कदर पत्र र प्रशंसा पत्र तथा विशिष्ट अतिथि रेभ. डा. सुन्दर थापाबाट खदा लगाई सम्मानित गरेको थियो ।
सो कार्यक्रमको सफलतापूर्वक सञ्चालन यसै पत्रिकाका सल्लाहकार पास्टर आमेन थापाले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य तथा युवा दर्शन पत्रिकाको विगत, वर्तमानका बारेमा प्रकाश पार्दै भविष्यका योजना लगायत आजै लञ्च गरिएको ख्रीष्टियन खवर डट कमका बारेमा पत्रिकाका संस्थापक तथा प्रकाशक दिनेश श्रेष्ठले प्रकाश पार्नुभएको थियो । गायक राजेश राई तथा एकराज राईले आफ्नो गीत प्रस्तुत गर्नुभएको सो कार्यक्रमको अन्तिम प्रार्थना पास्टर पदमनाथ पराजुलीबाट भएपश्चात आशिषको प्रार्थना रेभ. डा. सुन्दर थापाले गर्नुभएपछि कार्यक्रम समापन भएको थियो । कार्यक्रम पछि सहभागीहरू डिनरको कार्यक्रममा सहभागी भएका थिए ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४