२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको युवा विभागले देशभर प्रशिक्षण संचालन गर्ने

१ पुस शनिवार २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल अन्र्तगत युवा विभागले काठमाण्डौँस्थित सिलोआँम बाँसबारी मण्डलीमा वृहत युवा भेला सम्पन्न गरेको छ । काठमाण्डौँ, ललितपुर, भक्तपुर जिल्लाका विभिन्न मण्डलीबाट उपस्थित जवानहरूको व्यापक सहभागिता रहेको सो कार्यक्रममा महासंघका अध्यक्ष सि.वि. गहतराज, सल्लाहकार रेभ. जगत प्रधान, सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापा लगायतका पदाधिकारीहरूको समेत उपस्थितिमा युवा विभाग प्रमुख तथा केन्द्रिय सदस्य पा. देवीलाल श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । महासंघका महासचिव पा. पदमनाथ पराजुलीले सुरुको प्रार्थना गर्नुभएको हो । महासंघका अध्यक्ष सि.वि. गहतराजले भेलाको सम्बोधन गर्नुहुदैँ उहाँले नेपालका ख्रीष्टियन युवाहरूको शक्तिले देश परिवर्तन हुने भएकोले युवाहरूको महासंघमा भुमिका ठूलो रहेको र यो एउटा राष्ट्रिय सेवकाइ भएकोले प्रार्थना साथ यस राष्ट्रिय सेवकाइमा लाग्न सबै युवाहरूलाई आह्वान गर्नुभयो । साथै महासंघले युवा विभागलाई पहिलो प्राथमिकताका साथ देशव्यापी अभियानमा लाग्न युवाहरूको संरक्षण, उत्साह र सशक्त बनाउन महासंघले देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने समेत बताउनुभयो । अध्यक्ष गहतराजले महासंघको प्रकृति हेराई र उद्देश्य फरक देखिएता पनि यसको उद्देश्य नेपाली ख्रीष्टियन समुदायको अस्तित्व, अधिकार र पहिचानको लागि महासंघ अपरिहार्य रहेको कुरा बताउनुभयो । उहाँले समाधिस्थलको व्यवस्था गर्ने, इस्टरको विदा गराउने र सबै हाम्रा सामाजिक संस्था, शैक्षिक संस्था र धार्मिक संस्थाहरूलाई कानुनी रुपमा बलियो व्यवस्था गराउनलाई नीतिगत व्यवस्था गराउने साथै ४०० वर्षसम्म ख्रीष्टियन समुदायले गरेको योगदानको संरक्षण महासंघले नै गर्ने बताउनुभएको थियो । साथै गत मंसिर २३ गतेका दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको युवा विभागको बैठक काठमाडौंको चप्पल कारखानस्थित अनुग्रह प्रतापी मण्डलीमा बसेर युवा विभागलाई अब सक्रिय बनाई युवासँग सम्बन्धित भेला, सम्मेलन जस्ता खालका कार्यक्रम र अभियानको आयोजना गर्ने गरी सातै प्रदेशमा प्रादेशिक युवा समिति, जिल्ला समितिको गठन र परिचालन गर्ने निर्णय गरेको थियो । भने महासंघद्वारा आगामी पुस ९ गते आयोजना गरिने ख्रीष्टमस शुभकामना मोटर साइकल ¥याली र पुस १० गते प्रभु येशु ख्रीष्टको शुभ जन्मोत्सव ख्रीष्टमस— २०७४ को कार्यक्रमहरू कसरी भब्य र सभ्य बनाउन सकिन्छ भन्ने बारेमा समेत बैठकले बृहत छलफल गरेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...