गत डिसेम्बर ३ तारिखका दिन डिभाइन पार्टनरशिप मिनिष्ट्रिले ललितपुरको नखिपोटस्थित जीसस कलेजमा एउटा च्यारिटी कन्सर्टको आयोजना गरेको थियो । त्यो च्यारिटी सोमा ख्रीष्टियन समुदायका वरिष्ठ गायक राजेश राई, स्याल्भेसन व्याण्ड, एच.आर.सी व्याण्ड, जीसस जेनरेसन व्याण्ड, तामी गु्रप लगायतकाहरूले आ–आफ्नो प्रस्तुतिहरू दिनुभएको थियो । यस मिनिष्ट्रीका संस्थापक पास्टर हेमन्त राईले संस्थाका बारेमा र हाल के गरिरहेको छ भन्नेबारेमा जानकारी गराउनुभएको थियो भने वेथशालोम पुतलीसडकका पास्टर देव कुमार क्षेत्रीले परमेश्वरको वचनद्वारा सुसमाचारीय वचन प्रचार गर्नुभएको थियो । स्मरण रहोस् यो कार्यक्रमबाट उठेको रकमले टुहुरा बालकालिकाहरूलाई सहयोगार्थ यो सुसमाचारीय च्यारिटी कन्सर्टको आयोजना गरिएको थियो ।
त्यसैगरी सोहि दिन मंसिर १७ गतेका दिन काठमाडौंको हात्तीगौडास्थित आशाको किरण चर्चका युवा संगतिको आयोजनामा पनि त्यस्तै च्यारिटी ख्रीष्टमस फुड फेस्टिवलको आयोजना भएको थियो । काठमाडौंको हात्तीगौडामा अवस्थित हात्तीगौंडा कमर्सियल कम्म्लेक्समा दिउँसो १२ बजेदेखि बेलुकीसम्म नै विभिन्न गायक गायिकाहरूले आफ्नो प्रस्तुति दिएका थिए भने विभिन्न कल्चरल लगायत अन्य नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी भएकाहरूले मनोरञ्जन लिंदै विभिन्न परिकारहरूको स्वाद लिने मौका पाएका थिए । स्मरण रहोस् यस कार्यक्रमबाट उठेको रकम अनाथ तथा अपाङ्गका साथै सुधार केन्द्रलाई आर्थिक सहयोग जुटाउन गरिएको कुरा यस कार्यक्रमको संयोजन गर्नुभएका एकराज राईले बताउनु भयो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४