२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ र एनसिएसले सँगै ख्रीष्टमस मनायो

गत पुस ३ गते नेपाल ख्रीष्टिय समाज र नेसनल चर्चेज फेलोशिप अफ नेपालले राजधानीको वेथशालोम पुतलीडक चर्चमा ख्रीष्टमस कार्यक्रमको आयोजना गरी सँगै मनाएको थियो । सो संयुक्त ख्रीष्टिमस शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानमा उल्लेख भएका धर्म निरपेक्षताको मर्म र भावना विपरीत सवै प्रावधानलाई ऐन र कानुनमा भएको व्यवस्था अनुरुप वाम गठबन्धले संविधान संशोधन र परिमार्जन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले वाम गठबन्धनले वहुमत ल्याएको सन्दर्भ जोड्दै संविधान, ऐन र कानुनमा भएको व्यवस्था अनुरुप धर्म निरपेक्षताको मर्म र भावना विपरित भएका सवै प्रावधानलाई संविधानमा नै परिमार्जन गरी नेपालका ख्रीष्टियनहरूको मागलाई पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

नेपाल तथा विश्वभरमा भएका सम्पूर्ण ख्रीष्टियनहरूलाई ख्रीष्टमसको शुभकामना दिदैं उहाँले अब वन्ने वाम गठबन्धन सरकारले इसाईहरूका मागलाई पूरा गर्न नयाँ सरकारले प्राथमिकताकासाथ जोड दिने आस्वस्त पार्नु भयो । उहाँले आफूले भनेको कुरा इसाई समुदायको लागि खाली आस्वस्त मात्रै नभई आफूले वोलेका कुराहरू पूरा गर्न गठबन्धन सरकारले प्राथमिकता दिने बताउनु भयो ।

उहाँले राष्ट्रिय स्वाधिनता, जनताको सार्वभौम सत्ता, अखण्डता र भौगोलिक अखण्डताको मर्म वाहेक संविधानमा भएका सवै प्रावधानलाई जनताको चाहना अनुरुप संविधान परिमार्जन गर्न सकिने भन्दै इसाई समुदायलाई उक्त कुरामा आशावादी हुन आग्रह गर्नुभयो ।

प्रचण्डले वामपन्थी गठबन्धनले दुई तिहाई जित हासिल गरेकोमा इसाईहरूले खुशी मनाउनु पर्ने भन्दै कम्युनिष्ट र ख्रीष्टयानहरू सम्वन्ध एउटै भएको जोड दिनुभयो । उहाँले संविधानमा उल्लेख भएका नेपाली जनताका समानता, हक र अधिकारलाई कमजोर पार्ने कुनै पनि प्रावधानहरू परिमार्जन र संशोधन गर्नतिर वाम गठबन्धन अगाडि वढ्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रचण्डले नेपालमा धर्म निरपेक्ष सजिलै नआएको स्मरण गराउँदै धर्म निरपेक्ष हुनुमा पनि आफ्नो योगदान रहेको दावी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा ख्रीष्टमसमा सार्वजनिक विदा गर्ने वारेमा क्याविनेटमा नै निकै ठूलो डिबेट भएको स्मरण गराउँदै अन्ततः आफ्नो एकल निर्णयले ख्रीष्टमसमा सार्वजनिक विदा घोषणा गरेको स्मरण गराउँदै त्यसपछिको सरकारले विदालाई पुनः कायम नगरेकोमा दुःख व्यक्त गर्दै अब वन्ने वाम गठबन्धनको सरकारले ख्रीष्टमस विदालाई स्थायीरुपमा कायम गर्ने प्रतिवद्धता गर्नुभएको थियो ।

कार्यक्रममा एनसीएसका तर्फबाट अध्यक्ष पास्टर वर्णवास श्रेष्ठ र एनसीएफ नेपालका तर्फबाट अध्यक्ष रेभ पास्टर हनोक तामाङले ध्यानाकर्षण पत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी एनसीएफ नेपालका वरिष्ठ सल्लाहाकार रेभ पास्टर सिमोन पाण्डेले कार्यक्रममा उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा माओवादी केन्द्रका नव निर्वा्चित प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका युवा नेता तथा नव निर्वा्चित प्रतिनिधि सभा सदस्य महेश वस्नेतको लागि प्रार्थनामा अगुवाई गर्नु भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...