२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाजले प्रधानमन्त्रीलाई ६ बुँदे माग पत्र बुझायो

नेपाल ख्रीष्टियन समाजले २१ औं वार्षिक उत्सव मनाए लगत्तै गत २०७४ कार्तिक १० गतेका दिन अन्तराष्ट्रिय धार्मिक स्वतन्त्रता दिवसको अवसर पारी समाजका पदाधिकारीहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी आफ्ना ६ बुँदे मागपत्र बुझाएको छ ।

प्रधानमन्त्रीले ६ बुँदे मागपत्र बुझ्ने क्रममा ख्रीष्टमस विदालाई तत्काल घोषणा गर्ने र बाँकी मागहरूलाई सम्बोधन गर्दै जाने कुरा बताउनु भएको खबर प्राप्त भएको छ । संविधानको भाग ३ को धारा २६ को उपधारा ३ मा उल्लेख भएको धर्म परिवर्तन गराउन नपाइने भन्ने व्यवस्था हटाइनुपर्ने र हालै संसदबाट पारित भएको फौजदारी ऐन २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुर दफा १५५, १५७ र १५८ संशोधन गर्न माग गरेको छ । समाजको सो प्रतिनिधि मण्डलको नेतृत्व समाजका अध्यक्ष वर्णबास (कृष्ण बहादुर) श्रेष्ठले गर्नुभएको थियो । सोहि दिन नै सो प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीलाई समेत भेटी ६ बुँदे माग पत्र पेश गरेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...