२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टिय राजदूत शिविर देशभर सम्पन्न

विगतमा जस्तै यस वर्षको तिहारको समयमा एजी समुदायको युवा संगतिले नेपालका बिभिन्न ठाउँहरूमा ख्रीष्टिय राजदूत शिविर सञ्चालन गरेको खवर प्राप्त भएको छ । नेपालको पूर्वी भागदेखि सुदुर पश्चिमसम्म एजी सम्प्रदाय अन्तर्गतमा मण्डलीहरू प्रशस्त मात्रामा देखिन्छ । सायद नेपालको ठूला सम्प्रदायमा यो सम्प्रदाय अग्र स्थानमा रहेको छ । बिशेष गरी शालोम एजी, कलंकी, नवजीवन एजी कुपण्डोल, बेथेल एजी गौशाला, निसी निवास एजी बौद्ध, धनगढी एजी, धनगढी यस सम्प्रदायका मुख्य मण्डलीहरू हुन् । यिनै मण्डलीहरूका शाखा मण्डलीहरू विभिन्न जिल्लाहरूमा छरिएर रहेका छन् । यस वर्षको नारा युवा अवस्थामा नै आफ्नो सृष्टिकर्ताको सम्झना गर भन्ने रहेको थियो र विभिन्न स्थानीय वक्ताहरू र पाहुनाहरूले ती शिविरहरूमा बोलेका थिए ।

सुदुर पश्चिममा रहेको धनगढीस्थित एजी चर्चमा सम्पन्न भएको ख्रीष्टिय राजदूत शिविरमा २ हजारभन्दा बढी युवाहरूको सहभागीता रहेको जनाइएको छ । सो खवर बाहिरिए लगत्तै सामाजिक सञ्जालमा यसले ठूलो चर्चा पाएको छ । यस शिविरलाई एसम्बलीज अफ गड नेपालका केन्द्रीय अध्यक्ष जोसेफ श्रेष्ठ, डग न्याकव, अब्राहाम नमस्य, जे.बी र आशिष हमालले सम्बोधन गर्नुभएको थियो । यस्तै दाङमा, काठमाडौंको विभिन्न चर्चहरूमा, नाला काभ्रेमा साथै अन्य विभिन्न जिल्लाहरूमा पनि यो ख्रीष्टिय राजदूत शिविर सम्पन्न भएका खवर प्राप्त भएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...