२०८१ बैशाख १३, बिहिबार
2024 April 25, Thursday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

स्तुति प्रशंसा मण्डलीका गुरुआमा एस्तर थापाको मृत्यु सेवा सम्पन्न

३१ जुलाई २०२०, काठमाडौं । ललितपुरको सातदोबाटोस्थित स्तुति प्रशंसा मण्डलीका संस्थापक पास्टर अमर थापाकी धर्मपत्नी स्वर्गीय एस्तर थापाको अन्तिम विदाई अर्थात मृत्यु सेवाको सभा आफ्नै मण्डली भवनमा आज सम्पन्न भएको छ ।

सो सभामा सोही मण्डलीका एल्डर डेविड लेप्चाले परमेश्वरको वचनबाट सान्त्वनाको वचन दिनुभएको थियो । उहाँले वचनको सेवामा उहाँ गुरुआमाले सच्चा गुरुआमाको भुमिका खेलेर स्वर्ग जानुभएको छ भन्नुहुँदै परमेश्वरको वचनले हामीलाई मलमपट्टीको काम गर्दछ । हामीसँग जिउँदो आशा रहेको छ भन्दै शोकसन्तप्त पास्टर परिवार र मण्डली परिवारमा सान्त्वनाको वचन दिनुभएको थियो ।

त्यसैगरी सो सभामा विभिन्न व्यक्तित्वहरूले उहाँको बारेमा बताउनु भएको थियो । पा. अमर थापाले आफ्नी स्वर्गीय धर्मपत्नीको बारेमा बोल्नुहुँदै आमापछि दोस्रो आमाको रुपमा आफूलाई माया, प्रेम र वास्ता गरेको बताउनु भयो भने स्तुति प्रशंसा मण्डली यहाँसम्म आइपुग्न उहाँको अतुलनीय योगदानको चर्चा गर्नुभएको थियो । परिवारका तर्फबाट उहाँकी छोरी सविना थापा र योएल थापाले आफ्नी आमाका बारेमा चर्चा गर्नुभएको थियो । मण्डलीको तर्फबाट शान्ति महर्जन र दिदी बहिनी संगतिका तर्फबाट माया लामाले मन्तब्य राख्नुभएको थियो भने सेवकाइका चरणमा सँगै हुनुहुने मित्रको तर्फबाट ग्रेस खालिङ्गले उहाँसँगको आफ्नो अनुभव र सम्झना राख्नुभएको थियो ।

उक्त सेवाको सञ्चालन सोहि मण्डलीका अगुवा राज सिंहले गर्नुभएको थियो भने शुरुको प्रार्थना एल्डर एन.के. महर्जनले गर्नुभएको थियो भने अन्तिम प्रार्थना एल्डर भरत श्रेष्ठले गर्नुभएको थियो । सो मृत्यु सेवामा काठमाडौं उपत्यकाका पास्टर तथा अगुवाहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।

स्मरण रहोस्, गत जुलाई २४ तारिख शुक्रबारका दिन बिहान १०ः३० बजे ५५ वर्षको उमेरमा उहाँ प्रभुमा सुत्नु भएको थियो । उहाँको छोरा कोरियाबाट मृत्यु सेवामा सहभागी हुने भएकोले उहाँ प्रभुमा सुत्नु भएको एक हप्ता पछि मात्र आज मृत्यु सेवा सम्पन्न भएको हो । स्वर्गीय एस्तर थापा विगत एक वर्षदेखि क्यान्सरबाट पिडित भई उपचार गराइ रहनु भएको थियो । स्वर्गीय थापाको एक छोरा योएल थापा र दुई छोरी सविना र सञ्जु थापा रहेका छन् । उहाँको पार्थिव शरीरलाई चितवनमा आज नै समाधि गरिएको छ ।

 

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...