२०८० चैत्र १६, शुक्रबार
2024 March 29, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बेथलेहेम चर्च र मानव सेवा प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२८ जुलाई २०२०, कैलाली । कैलाली लम्किचुहास्थित बेथलेहेम चर्च र मानव सेवा प्रतिष्ठानको सयुंक्त आयोजनामा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
यस रक्तदान कार्यक्रमको संयोजक बेथलेहेम चर्चका तर्फबाट गगन बि.क र मानव सेवा प्रतिष्ठानका तर्फबाट अध्यक्ष गणेश पाण्डे हुनुहुन्थ्यो ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला समिति कैलालीका कोषाध्यक्ष मोति प्रसाद उपाध्यायले रगतको पोका हस्तान्तरण गरि कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।
४५ जनाले रक्तदान गर्नुभएको सो रक्तदान कार्यक्रममा जनता समाजवादीका कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त रक्तदान कार्यक्रम लम्किचुहा नगरपालिका वडा नं. ५ स्थित श्री जनजागृति उच्च माध्यमिक विद्यालयको  प्राङ्गणमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...