२०८० चैत्र १५, बिहिबार
2024 March 28, Thursday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली ख्रीष्टियन मिडियाको सँग-सँगै सिकौं कार्यक्रम सम्पन्न

२७ जुलाई २०२०, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित क्वालिटी व्याङक्वेटमा मिडिया सम्बन्धीको एक कार्यक्रम सँग–सँगै सिकौं भन्ने विषयमा एक दिने नेपाली ख्रीष्टियन मिडिया सम्बन्धी कार्यक्रम आज सम्पन्न भएको छ ।

सञ्चालकद्धय दिनेश श्रेष्ठ र हिरा खड्गीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा शुरुको प्रार्थना पा. राजेश पन्तले गर्नुभएको थियो । कार्यक्रमको पहिलो सत्रमा विगतमा नेपाली ख्रीष्टियन मिडियामा सक्रिय भूमिका निर्वाह गर्नु भएका डा. विपी खनालले नेपाली ख्रीष्टियन मिडियाको इतिहासको बारेमा विस्तृत रुपमा चर्चापरिचर्चा गर्नुभएको थियो । उहाँले नेपाली ख्रीष्टियन मिडिया यहाँसम्म आउनुमा धेरै अग्रजहरूको योगदान रहेको बताउनु हुँदै अहिले वर्तमान समयमा नेपाली ख्रीष्टियन मिडियाहरूले धेरै फड्को मारेको र आगामी दिनमा अझै प्रभावकारी रुपले मिडिया मार्फत काम गर्न सकिने बताउनुभयो ।

 

सञ्चारकर्मी कुमारसिंह बिष्टले नेपाली ख्रीष्टियन मिडियाले नेपालमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको थियो । मिडियामार्फत सुसमाचार, चेला निर्माण केन्द्रित हुनु पर्दछ भन्नुहुँदै मण्डलीको हितको लागि मिडियाले कार्य गर्नु पर्नेमा जोड दिनुभयो । नेपाली ख्रीष्टियन मिडियाको वर्तमान अवस्थाको बारेमा अर्का सञ्चारकर्मी विश्वास थापाले बताउनु भएको थियो । उहाँले नेपाली ख्रीष्टियन मिडियाकर्मी कोष खडा गर्नु पर्ने अवस्था देखेको बताउनुहुँदै संचारकर्मीलाई गाह्रो पर्दा, विरामी लगायतका भइपरि आउँदा यो कोषले राहत प्रदान गर्नेमा जोड दिँदै आफूले तत्काल १० हजार दिने बताउनु भएको थियो ।

 

त्यसैगरी दिनेश श्रेष्ठले नेपाली ख्रीष्टियन मिडियाको वर्तमान सन्दर्भमा आफ्नो विचार राख्दै वर्तमानमा ख्रीष्टियन मिडियाको अवस्थाका बारेमा प्रकाश पार्दै विगतमा ख्रीष्टियन मिडियाले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । साथै आगामी दिनमा अझ प्रभावकारी रुपले भूमिका खेल्नु पर्नेमा जोड दिनुभएको थियो ।

अर्का सञ्चारकर्मी सुमित नेपालीले मिडियाकर्मीले क्वालिटी र स्तरीय भिडियो निर्माण गर्नु पर्नेमा जोड दिँदै विभिन्न भिडियो कसरी खिच्ने भनेर सिकाउनु भएको थियो । उहाँले क्यामरा थिच्ने होइन, खिच्ने हुनु पर्दछ भन्ने बताउनु हुँदै भिडियो खिंच्दा हुने गल्तीहरू र सही कसरी खिंच्ने भनेर डेमो देखाउनु भएको थियो ।

हिरा खड्गीले नेपाली ख्रीष्टियन मिडियाको प्रतिबिम्ब र बृद्धि कसरी गर्ने भन्ने बारेमा प्रष्टसँग सिकाउनु भएको थियो । सो अवसरमा सँगसँगै कसरी सिक्ने र कसरी अघि बढ्ने भनेर सिकाउनु भएको थियो । बृद्धिको योजना कस्तो हुनुपर्दछ ? हाम्रा आफ्ना गल्तीलाई कसरी सुधार गर्दै अघि बढ्न सकिन्छ भन्ने बारे प्रकाश पार्नुभएको थियो ।

सो कार्यक्रममा समुहमा विभाजन गरी आफ्ना अनुभव र सिकाईहरू सामुहिक रुपमा छलफल गरी बाँडचुड गरिएको थियो । साथै क्वालिटी कि क्वान्टिटी के महत्वपूर्ण छ जस्ता विषयबस्तुमाथि सामुहिक छलफल पनि गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...