२०८१ बैशाख १२, बुधबार
2024 April 24, Wednesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

लेखक लाजरस थुलुङद्वारा लिखित २१ औँ पुस्तक विमोचन

नेपाली ख्रीष्टियन समुदायका स्थापित र प्रसिद्ध लेखक पास्टर लाजरस थुलुङद्वारा लिखित जीवनका आँधीबेहरीहरूमा परमेश्वरसँगको घनिष्टतामा हिँड्नु नामक २१ औँ पुस्तक काठमाडौंमा एक समारोहका बिच विमोचन गरिएको छ ।

हिजो काठमाडौंमा एक समारोहका बिच गरिएको सो पुस्तक विमोचन कार्यक्रममा रेभ. डा. मंगलमान महर्जन, डा. महेन्द्र भट्टराई, रेभ. तेज जिरेल, रेभ. डिके दानिएल र सफल व्यवसायी रामचन्द्र तिमोथीले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो भने रेभ. डा. मंगलमान महर्जनले पुस्तक समपर्णको प्रार्थनामा अगुवाई गर्नुभएको थियो ।

सो पुस्तकको बारेमा डा. महेन्द्र भट्टराई र अधिवक्ता बुद्ध घिसिङले पुस्तकको बारेमा प्रकाश पार्नु भएको थियो भने उत्साहका केही शब्दहरू क्रमश पा. चन्द्र श्रेष्ठ, पा. राजु सुन्दास र धु्रव शिष्यले आफ्नो विचार राख्नुभएको थियो । धु्रव शिष्यले सामाजिक सञ्चाल जुमको प्रयोग गरी भिडियो लाइभ सन्देश दिनुभएको थियो । त्यसैगरी प्रसिद्ध गायक एड्र्रिन देवानले पनि २ वटा गीत जुम सामाजिक सञ्जालको प्रयोग गरी आफ्नो प्रस्तुति दिनु भएको थियो भने गायिका शुस्मा विश्वकर्माले कति घुँडाहरू बोलको गीत गाएर आशिषित तुल्याउनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा धन्यवादको मन्तब्य राख्ने क्रममा लेखक लाजरस थुलुङले २१ औं पुस्तकका रुपमा यस पुस्तकलाई बजारमा ल्याउन पाउँदा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले सो पुस्तकका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

सो पुस्तक विमोचन समारोहको कुशल सञ्चालन सञ्चारकर्मी महिमा भट्टराईले गर्नुभएको थियो । शुरुको प्रार्थना डा. अरविन पोखरेलले अगुवाई गर्नुभएको थियो भने अन्तिम प्रार्थना पा. वर्णबास श्रेष्ठले गर्नुभएको थियो । साथै सो कार्यक्रम सामाजिक सञ्जालमा लाइभ समेत गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...